एमसीसीको समर्थन गरेको भन्दै नेकपा सांसद किरातीले मागे सञ्चारमन्त्रीको राजीनामा

१९ माघ, काठमाडौं । नेकपाका सासद् सुदन किरातीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै उनले संसदीय समितिमा राजीनामा मागेका हुन् ।

“सरकारको प्रवक्ताले बोल्नु भएको कुरा भाइरल भएको छ । एमसीसी जुनसुकै हालतमा पास हुन्छ, अमेरिकाले चाह्यो भने एक घन्टामा सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ,’ किरातीले भने ।

बास्कोटाको अभिव्यक्ति आत्मसमर्पणवादी भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा किरातीले आफूहरुले एमसीसीबारे प्रश्नको सामना गर्नु परिरहेको पनि उनले बताए ।

के भनेका थिए मन्त्री बास्कोटाले ?

गत बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले एमसीसीका बारेमा धेरै भ्रम फैलाइएको भन्दै संसदबाट पारित हुने बताएका थिए ।

कतिपयले एमसीसी पारित भयो भने नेपालमा अमेरिकी सेनाले बेस क्याम्प राख्छ भन्नेसम्मका भ्रम फैलाइएको भन्दै बास्कोटाले अमेरिकाको शक्तिको कुरा गरेका थिए ।

उनको भनाइ थियो–अमेरिकाले सेना ल्याएर राख्छ भन्नेसम्मका भ्रम फैलाइयो । अन्तर महादेशीय क्षेप्यास्त्र शक्ति भएको अमेरिकाले संसारको एउटा कुनामा ल्याइएर क्याम्प राख्नुपर्छ ? अस्ति देख्नुभएन इरानको कसलाई हानेको ? गलत हल्ला चलाएर हुन्छ ? हामी कुनै सैन्य गठबन्धन स्वीकार गर्दैनौं ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…