प्रेमकुमार राई : गृह सचिव पदबाट राजीनामा दिएर अख्तियारको आयुक्त बन्दै

काठमाडौं- गृहसचिव प्रेमकुमार राईले सचिव पदबाट राजीनामा दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त गर्ने तयारी भएको छ । उनले आगामी २२ माघमा अनिवार्य अवकास पाउने भए पनि पाँच दिनअगाडि राजीनामा दिएका छन् ।

सरकारले राईको २० माघदेखि लागु हुनेगरी राजीनामा स्वीकृतसमेत गरिसकेको छ । अख्तियारमा दुई आयुक्त पद रिक्त रहेको अवस्थामा सरकारले राईलाई सिफारिस गर्ने तयारी गरेको छ । स्रोतका अनुसार केही दिनमै संवैधानिक परिषद्को बैठक राखेर राईलाई आयुक्तमा सिफरिस गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र गृहसचिव राईलाई प्रमुख आयुक्त बनाउने विषयमा अन्य मन्त्रीहरूसँग पनि छलफल गरिसकेका छन् । सहसचिव हुँदा अख्तियारमै बसेर लामो समय काम गरेका राई कम विवादित व्यक्ति हुन् ।

उनलाई आयुक्त बनाउने विषयमा भने ओलीले शीर्ष नेतृत्व तहमा भने छलफल गरेका छैनन । ‘गृहसचिवबाट राजीनामा दिएपछि राईलाई अख्तियारमा नियुक्त गर्ने हल्ला सुनिएको छ तर सचिवालय बैठक वा अन्य शीर्ष तहमा भने छलफल भएको छैन,’ नेकपाका एक सचिवालय सदस्यले भने ।

राईकै पहलमा बालुवाटारको एक सय १३ रोपनी सरकारी जग्गा छानबिन भएको थियो । उनले राजीनामा दिनुअघि बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदनसमेत बुझाएको छ । सरकारी जग्गा अपचलनको यो छानबिन प्रक्रिया गृहसचिव राईले सुरू गरेका थिए ।

राईले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन् । राईसँगै अर्थ सचिव राजन खनाल, सचिवहरू गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि अनिवार्य अवकास पाउँदैछन् । राईले राजीनामा दिएपछि गृहसचिव बन्न अन्य सचिवहरूको दौडधुप सुरु भएको छ ।

स्रोतका अनुसार सूर्य गौतम, महेश्वर न्यौपाने, यादव कोइराला, केदार न्यौपाने लगायतले गृहसचिवका रूपमा काम गर्न चाहेको भए पनि निवर्तमान सचिव राईले गौतमलाई बालुवाटारमा लगेर प्रधानमन्त्री ओलीसँग भेट गराइसकेका छन् ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…