रुकुमबाट चिसो छल्न दाङ झरेका एकसय भेडा अचानक म रेपछि किसान चिन्तित

जाडो छल्न रुकुम पूर्वबाट दाङको सैघामा ल्याईएका किसनका भेडा म र्न थालेपछि किसान चिन्तित बनेका छन्।  सयौंको संख्यामा विरामी भएका भेडाको उपचार थालिए पनि म र्ने क्रम रोकिएको छैन् ।

हरेकवर्ष पहाडी जिल्लामा हिउँ पर्ने र अत्यधिक चिसो हुनेभएकाले चिसोबाट बचाउन रोल्पा रुकुम लगाएतका हिमाली जिल्लाबाट दाङ सहित तराइका विभिन्न जिल्लामा भेडा ल्याइने गरिन्छ।

यही माघ ९ गते दाङ जिल्ला घोराही उपमहानगरपालिका सैघामा ल्याईएका भेडाहरु  १० गते देखी धमाधम म र्दै गएपछि घोराही उपमहानगरको पशु सेवा शाखा र भेटेनिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको प्राविधिक टोली उपचार सुरु गरेको हो ।

तर भेडा मर्ने क्रम भने नरोकिएको किसानहरुले बताएका छन् । तिलम पुन, रामकृष्ण पुन र धर्म पुनको २ सय २५ बढी भेडाहरु मरेका छन् । यसैबिच भेडा म र्नु का कारणबारे जाँचका लागि नमूना क्षेत्रिय पशुरोग अन्वेशण प्रयोग शाखा सुर्खेत पठाईने विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिनुभएको छ ।

साथै मरेको भे डाका पोष्टमार्टम गर्दा पाचन प्रणाली र स्वास्वप्रस्वासमा समस्या देखिएको पाईएको छ । डा. केसीका अनुसार फोक्सो र ठूलो आन्द्रामा घाउ भेटिएको छ ।

जीवित भेडाहरुमा संक्रमण फैलिन नदिन एन्टीबायोटिक औषधी चलाईएको समेत विज्ञ केन्द्रले जनाएको छ । तीन जना किसानका जनही ७५ वटाका दरले भेडाहरु म रेपछि चिन्तीत बनेका छन् ।

यसैबिच वडा कार्यालयका जनप्रतिनिधी सहित प्रहरीको टोली पनि घ टना स्थलमा पुगेर किसनको अवस्था बुझेको छ । घोराही १९ का सदस्य जंग रोकासहित प्रहरीहरु घटनास्थल पुगेर मुचुल्का तयार पारेका छन् । मुलुल्काका आधारमा पीडित किसानलाइ राहतका लागि पहल गरिने सदस्य रोकाले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…