अमेरिकामा अर्को भाइरसको प्रकोप झन डरलाग्दो, ८ हजारकाे मृ’त्यु, करोडबढी संक्रमित

चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वव्यापी फैलिएको छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार विश्वव्यापी सं क ट काल घो षणा गरेको छ । अमेरिकामा अहिलेसम्म ५ जना सं क्रमित भेटिएका छन् ।

तर अमेरिकामा अर्को भाइरसको प्रकोप भने झन ड र लाग्दो देखिएको छ । जसबाट १ करोड ५० लाख अमेरिकी संक्रमित भएका छन्, अहिलेको चिसो मौसममा मात्र ८ हजार २ सयभन्दा मा निसको मृ त्यु भएको छ, जसमा ५४ बालबालिका छन् ।

नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका अनुसार सन् २०१९–२०२० को डिसेम्बर र जनवरी दशकमै सबैभन्दा खराब सिजन भएको बताएको छ । यस सिजनमा कम्तिमा १४ लाख मानिस अस्पताल भर्ना भएका छन् । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

यो नयाँ भाइरस होइन् । यो भाइरस १९१८ मा स्पेनिस फ्लुको रुपबाट सुरु भएको थियो, यसले सिजन र समयअनुसार आफ्नो स्वरुप परिवर्तन गर्दै आइरहेको अमेरिकन एकेडेमी अफ फेमिली फिजिसियनका निर्देशक डा. मार्गोट सभोय बताउँछन् ।

सन् २००९ मा एच १ एन १ भाइरसले अमेरिकामा महामारीको रुप लिएको थियो । पछिल्ला दशकमा फ्लू अमेरिकीहरुको जीवनमा निरन्तर घातक बनिरहेको छ ।

अमेरिकी रोग नियन्त्रण केन्द्र सिडिसीले प्रत्येक वर्ष अमेरिकामा फ्लुबाट १२ हजार मानिस म र्ने अनुमान गरेको छ । सन् २०१७–२०१८ को चिसो मौसममा ६१ हजार मानिसको मृ त्यु भएको थियो भने ४ करोड ५० लाख मानिस बिरामी परेको सिडिसीले जनाएको छ ।

सभोय भन्छन् ‘नयाँ भाइरसको बढ्दो संक्रमणका कारण फ्लु ओझेलमा पर्न सक्छ । मानिसहरु फ्लुबारे खासै चिन्तित देखिँदैनन् । तर यसको अवस्था गम्भीर छ ।’ प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसलाई फ्लु ख त र नाक हुन्छ । नि मोनिया, मु टु रोग, मस्तिष्कसम्बन्धी दी र्घरोगीहरु एन्फ्लु एन्जाको उच्च जोखिममा पर्ने अमेरिकी चिकित्सक बताउँछन् । नयाँपत्रिकादैनिकबाट 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…