राष्ट्रप्रेमी नेपाली र विश्वको नजरमा महरा गिरेका छैनन्, नेपालली राजनीतिक चरित्र र स्तर खस्किएको हो

  • मधु कार्की

काठमाडौं। मलाई थाहा छ, सत्य टिक्दैन आजकाल हाम्रो समाजमा। तरपनी मैले देखेको सत्य बोल्न या लेख्न पटक्कै डराउँदिन।

स्वस्थ अनि रूपान्तरित समाज चाहने राष्ट्रप्रेमी नेपाली र विश्वले नेपालको राजनीतिक इतिहासका चिन्तन र व्यवहारहरूसँग अत्यन्त जानकार छन्।

महरामाथि खेलिएका दूषित खेलले राष्ट्रप्रेमी नेपालीहरूका साथै नेपाललाई माया गर्ने र नेपालको राजनीतिप्रति चासो राख्ने विश्व समुदायको नजरमा महराको नैतिकता र चरित्र खस्केको नभै नेपालको राजनीतिक चरित्र र स्तर खस्किएको हो।

स्वार्थका चस्मा नलगाएका आम नेपाली जनताले बुझिसकेका छन् महरालाई अमानवीय तरीकाले फसाइएको हो। एक्काइसौँ शताब्दीको चरम विकाशको अनुभूति आफ्ना जनतालाई गराउने विकसित राष्ट्रका राजनीतिज्ञहरूले पनि स्पष्ट बुझिसकेका छन्।

नेपालको राजनीतिलाई छामेर बुझेका छन्। सबैभन्दा नेपालको प्रकृति बुझेका छन्। घुम्टो ओढेर सिंगारिएकी हिमालको सेता दन्ते लहर देखाउँदै मुसुक्क हासेकी अत्यन्त सुन्दर अप्सरा जस्ती दुलहीको रूपमा देखिने नेपाललाई कुरूप पार्ने तत्त्व के के हो ? सबैले बुझेका छन्। विश्व सपनाको नगरी हो नेपाल। त्यसैले त सबैले चासो राख्दछन्।

जनताको घर दैलोमा महरा। पुर्वसभामुख महरा काठमाडौँबाट दाङ्ग जाँदा प्राय मतदाताको घरमा पुगीरहने एक मात्र त्यस्ता नेता थिए।

सवाल गर्छन्, धेरैले महरा मेरो को हुन ? महरा मेरो बुवा, काका, आफन्त कोही हैनन्। मानव हुन्। एक पुरुष हुन्। मेरो बुवा पनि एक पुरुष थिए। सानो बाबु छ त्यो पनि पुरुष हो। प्रेमी हुनुहुन्छ। अत्यन्त प्रेम गर्छु उहाँ पनि पुरुष नै हो।

भगवान् शिव पनि पुरुष नै हुन्। जो मेरो इस्ट देवता हुन्। त्यसैले पुरुषलाई घृणा गर्दिन। दुष्ट आत्माहरू पुरुष या महिला दुवै हुन्छन्। समाजमा दुष्टतालाई घृणा गर्ने हो।

महराको अनुहारमा मेरो बुवा देख्दछु। सायद मैले मेरो ड्याडी गुमाएर होला ! मेरो बुवाको उमेरको सबै बुवाहरूमा मेरो बुवाको प्रतिबिम्ब देख्द छुँ। यति हदसम्म च रि त्र ह त्या त दानवले मात्र गर्न सक्छ।

मानवीय स्वभाव भएको मनले कदापि गर्न सक्दैन। त्यसैले राष्ट्रियता अन्तर्राष्ट्रिय कुनै पनि राष्ट्रप्रेमी तथा सकारात्मक समाजका मनिसहरुका माझ महरा गिरेका छैनन् र कदापि गिर्ने छैनन्।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…