चीनबाट नेपाली नागरिकको उद्धार गर्न दुइटा जहाज तयारी अवस्थामा छ: मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपालीहरू उद्धार गर्न तयारी अवस्थामा दुइटा जहाज राखिएको बताएका छन्।

चीनको वुहानलगायत क्षेत्रमा रहेका नेपाली विद्यार्थी उद्धार गर्न नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज तयारी अवस्थामा रहेको उनले बताए।

चीनमा कोरोना भाइरस संक्रमण फैलिएको छ।

पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको उनले बताए।

अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको उनको भनाइ छ।

वुहानमा एक सय ९० जना नेपाली विद्यार्थी छन्।

‘आवश्यक पर्‍यो नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज तयारी अवस्थामा छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘दुबै एयरलाइन्ससँग मैले कुरा गरेर जहाज तयारी अवस्थामा रहनु भनेको छु । कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ।’

कोरोना भाइरसले नेपाल पनि त्रासमा, मास्कको अभाव

समस्या परेपछि मात्रै समाधान खोज्ने हाम्रो प्रबृत्ति कोरोना भाइरसको सन्दर्भमा पनि दोहोरिएको छ ।

केही वर्ष यता बन्द रहेको त्रिभूवन विमानस्थलको ‘हेल्थ डेस्क’ कोरोनाकै लागि सञ्चालनमा ल्याउनु त्यसको एउटा उदाहरण हो । यस्तै, सामान्य रुघाखोकीका विरामी पनि भाइरसको आशंकामा अस्पताल पुग्न थालेका छन्, भने संक्रमणबाट बच्न प्रयोग गरिने ‘माक्स’समेत अभाव हुन थालेको छ ।

सरकारी संयन्त्र नै हल्ला, सनक र शंकाबाट सञ्चालित हुने नेपालजस्तो मुलकमा संसारभर फैलिसकेको सरुवा रोग फेला पर्दा समाजमा त्रास फैलनु स्वाभाविकै हो ।

त्यसमाथि पनि विहीबार विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकालको घोषणा गरेपछि झन् यसको त्रास बढ्दो छ । भाइरसका का रण मृ त्यु हुनेको संख्या २ सय १३ पुगेको छ भने चीनबाहेक अन्य देशमा समेत सं क्र मण फैलिएको छ ।

यही त्रासले पछिल्ला केही दिनमा सामान्य रुघाखोकीमा पनि अस्पताल पुग्नेको संख्या बढ्दो छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै यो साता २१ सय बिरा मीमध्ये अधिकांश रुघाखोकीका बिरामी आएको तथ्यांक छ । उता, संक्र मण रोक्न प्रयोग गरिने माक्सको खपत पनि बढेको छ ।

बिकसित मुलुकलाई संक्र मण रोक्न विभिन्न संयन्त्र परिचालन हुँदा पनि रोकथाम हुन नसकिरहँदा नेपालमा फैलिए भयावह स्थिति उत्पन्न हुने भन्दै सर्वसाधारण पनि त्रासमा छन् ।

कोरोना भा इरसबाट बच्न हाल विभिन्न प्रकारका माक्स प्रयोग गर्ने गरेको पाइएको छ । तर, भाइरसको सं क्रमणबाट बच्न प्रतिरोधी विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको ‘एन नाइण्टी फाइभ मास्क’ उपयुक्त हुने विज्ञको तर्क छ ।

चिकित्सकका अनुसार रुघाखोकी लाग्ने बित्तिकै कोरोना भाइरस परीक्षण गर्नु पर्दैन । तर, यदि अत्याधिक ज्वरो आएमा वा श्वासप्रश्वासमा समस्या हुनुका साथै जोर्नी दुखेमा जाँच गराउनुपर्दछ ।

कोरोना भाइरसबाट बच्न सरसफाईमा ध्यान दिनुका साथै भिडभाडमा नजान समेत चिकत्सकको सुझाब छ ।

भर्खरै प्रकाशित

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…