यस्तो छ डिल्ली बजार कारागारमा पूर्वसभामुखम कृष्णबहादुर हराको दैनिकी

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरा ज बर्जस्ती क रणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थु नामा छन्। कात्तिक २५ गतेदेखि डिल्लीबजार का रागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ।

उनलाई भेट्न आउनेहरू प्रायः जनमानसमा परिचित र शीर्षनेताहरू होलान् भन्ने धेरैलाई लाग्न सक्छ। तर उनलाई भेट्न सामान्य कार्यकर्ता र आफन्तबाहेक भिआइपी भने जाँदैनन्। ‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेताहरू आइरहेका हुन्छन्,’ कारागार प्रशासनका एक कर्मचारीले भने, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ।’

राज्यको पाँचौं वरीयताका व्यक्ति ज बर्जस्ती क रणीको मु द्दामा जे ल चलान भएको यो नै पहिलो रेकर्ड हो। त्यसकारण पनि महराले अप्ठेरो महसुस गरेको जनाइएको छ। कारागार स्रोतका अनुसार महरा स्वयं पनि बाहिरी व्यक्तिसँग भेट्न रुचि राख्दैनन्। का रागारका कर्मचारीले ‘कस्तो छ ?’ भनेर सोध्दा उनी टाउको हल्लाएर ठीक रहेको संकेत गर्छन्। सञ्चारकर्मी वा कर्मचारीसँग त झन् उनी भेट्ने इच्छा नै राख्दैनन्। कारागार चलान भएलगत्तै उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेका थिए।

महरालाई का रागारको ‘क’ ब्लकको दुई नम्बर कोठामा राखिएको छ। चार भवन (ब्लक) का आठ कोठा (हल) मा २५/३० जनाका दरले कैदीहरू लस्करै सुत्छन्। उनको कोठामा अन्य २५ कै दी राखिएका छन्। स्रोतका अनुसार महरा दायाँबायाँका कै दीसँग खासै बोल्दैनन्। ‘कैदीको अवस्था बुझ्न भित्र छिर्छौं, भिआइपीहरूको अवस्था नियाल्छौं,’ का रागारका एक कर्मचारीले भने, ‘महराले निकै अप्ठेरो महसुस गरिरहनुभएको अनुभव हुन्छ, केही बोल्नुहुन्न।’

का रागारका जेलर अरुण पोख्रेलका अनुसार महरालाई भेट्न आउने राजनीतिक नेताभन्दा कार्यकर्ता बढी छन्। महरा जे लमा बसेको तीन महिना बित्न लाग्दा उनलाई भेट्न १० हजारभन्दा बढी आगन्तुक पुगिसकेका छन्। दैनिक ३० जनाको हाराहारीमा आगन्तुक उनलाई भेट्न कारागार पुग्छन्। ‘महरा शान्तसँग बसिरहनुहुन्छ,’ जेलर पोख्रेलले भने, ‘उहाँलाई भेट्न आउनेको संख्या बढी छ, आगन्तुकसँग गफ गरेर दिन बिताउनुहुन्छ।’

घरकै खाना

का रागारभित्र महराको बिहान ६ बजेदेखि दैनिकी सुरु हुन्छ। उठ्नेबित्तिकै उनी केही बेर ओछ्यानमै योग गर्छन्। एकछिन हातपाखुरा र जिउ तन्काएपछि कारागारकै कम्पाउन्डमा चार/पाँच फन्को मार्छन्। लगत्तै तातोपानी, चिनीबिनाको चिया र रोटी, फलफूल आदि खान्छन्। उनका लागि प्रायः घरबाटै खानेकुरा आइपुग्छ। बिहान ९ बजेतिर पत्रपत्रिका पढ्न पुस्तकालय छिर्छन्। १० बजे खाना खान कोठाभन्दा बाहिरपट्टि कुर्सीमा आउँछन्। कहिलेकाहीं भने कारागारभित्रकै क्यान्टिनमा खान्छन्।

कोठामा छिरेर केही बेरको आरामपछि उनी ११ बजे आगन्तुक भेट्न र घाम ताप्न बाहिर निस्कन्छन्। दिउँसो २ बजे आफन्तसँगै खाजा खान्छन्। त्यसपछि ५ बजेसम्म कोठाबाहिरै बस्छन्। साँझ परेसँगै खाना खाएलगत्तै उनी सुगर र प्रेसरको औषधि सेवन गर्छन्। महराले आफ्नो सिरानीनजिक केही पुस्तक राखेका छन्। उनी आफन्त नआएका बेला किताब र पत्रपत्रिका पढ्छन्। बेलुकी ९ बजे उनको सुत्ने समय हो।

चौतारोमा गफ

कारागारका बीचमा एउटा चौतारोजस्तो खुला ठाउँ छ। त्यहाँ कै दीहरूलाई गफगाफ गर्न प्लास्टिकका टेबल र मेच राखिएका छन्। महरा कोठाबाट निस्केर त्यहीं पुग्छन्। आगन्तुक पनि उनलाई त्यहीं कुर्छन्। पछि सँगै बसेर घाम ताप्छन् र भलाकुसारी गर्छन्। सोमबार नागरिककर्मी का रागार क्षेत्र पुग्दा उनी आगन्तुकसँग गफिँदै थिए। अपरिचित अनुहारका ती व्यक्तिसँग कुराकानीका क्रममा महराले मुस्कुराइरहेका थिए।

जीर्ण छ कारागार

डिल्लीबजार का रागार क्षेत्र साँघुरो र जीर्ण छ। यहाँ ६ सय ३१ कैदी छन्। एक सय चार वर्ष पुरानो भवन अहिले भत्कने अवस्थामा पुगेको छ। का रागारको कार्यालयसमेत रहेको भवन चिराचिरा परेको छ। त्यहाँका कर्मचारीले यसअघि गृह मन्त्रालय, अर्थ मन्त्रालय, महानगरपालिकालगायत निकायमा का रागारको अवस्थाबारे जानकारी गराएका थिए।

गृहमन्त्री र रक्षामन्त्रीले कारागार अवलोकन गरेका बेला कर्मचारीले सबैतिर घुमाएका थिए। ६ महिनाअघि अवलोकनका क्रममा गृहमन्त्रीले सुधार गर्ने आश्वासन देखाएका थिए। तर, का रागारको भौतिक अवस्था सुधार गर्ने विषयमा सरकारी निकायले चासो नदिएको जे लर पोख्रेलले जानकारी दिए। ‘कैदीहरू जोखिममा छन्, प्रशासनसमेत व्यवस्थित गराउन सकिएको छैन,’ उनले भने, ‘यसबारे धेरैपटक माथिल्लो निकायमा जानकारी गरायौं तर वास्ता भएन।’

किन रोज्छन् डिल्लीबजार ?

प्रायः भिआइपी कैदीको रोजाइमा डिल्लीबजार कारागार पर्ने गर्छ। कारण, त्यहाँ धेरै मानिसको ओहोरदोहोर हुँदैन। विगतमा कांग्रेस नेता खुमबहादुर खड्का पनि त्यहीं नै बसेका थिए। कैदी बन्नुअघि प्रतिष्ठित पदमा बसेका व्यक्तिहरू आफूलाई धेरैले नदेखून् भन्ने चाहन्छन्। त्यसकारण पनि सोही कारागारलाई धेरैले रोज्ने गरेको स्रोतको भनाइ छ। हाल टी कापुर ह त्या काण्डमा दो षी ठहरिएका रेशम चौधरी, सुडान काण्डका योजनाकार रमेश चन्द ठकुरी पनि त्यही का रागारमा छन्। नागरिक न्यूजजबाट 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…