एमसीसी सम्झौतामा ‘सैन्य’ शब्द छ भने देखाउ, नत्र स्याल जस्तो नकराउ : सञ्चारमन्त्री

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एमसीसी सम्झौतामा ‘सैन्य’ शब्द नभएको प्रष्टिकरण दिएका छन् । नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीको कुनै ‘प्वाइन्ट’मा आईपीएस नभएको भन्दै छ भने देखाउन चुनौती दिए ।

उनले भने, ‘सैन्य शब्द छ भने देखाउनुपर्‍यो, नत्र स्याल जस्तो कराउनुपर्दैन।’ उनले मुलुकको मुख्य परराष्ट्र नीति असंलग्न परारष्ट्र नीति अवलम्बन गरेको उल्लेख गर्दै राष्ट्रिय मुद्दामा ध्यान दिनुपर्ने बताए।

उनले एमसीसी र बीआरआई सम्बन्धित मुलुकले हितको कुरा भएको बताउँदै उनले आफूहरु व्याख्यता नरहेको बताए। आईपीएस बारे आफूहरुलाई थाहा नभएको पनि उनले बताए।

उनले भने, ‘हामी कसैको सैन्यगठबन्धनमा सामेल हुँदैनौं। सरकार राष्ट्रिय हित र स्वार्थमा केन्द्रित छ। हामी हाम्रो स्वार्थको व्याख्यता हो।’

उनले शित युद्धमा पनि नेपालले अमेरिका,रुस,चीन र भारतबाट लिएको कुरा स्मरण गराए। एमसीसी ऊर्जाका निम्ति क्षमता विस्तार रसडकबनाउनेमा केन्द्रीत रहेको बताए।

उनले भने, ‘हाम्रोमा विद्युत उत्पादन अब धेरै हुन्छ। बजार चाहिन्छ। भारतसँग विद्युत बजार विस्तारका लागि भारतसँग स्वीकृत लिएका छौँ। ताप्लेजुङमा उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारणमा जोड्न नसकेको आयोजनाको राष्ट्रिय प्रशारणमा पनि जोड्न सकेका छैनौं।’

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…