छेक्ला त फेस मस्कले कोरोना भाइरस ? चिनमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७० पुग्यो

काठमाण्डौ – चीनमा कोरोना भाइरसका कारण ज्या न गु माउनेको सङ्ख्या एक सय ७० पुगेको छ ।

योसँगै कोरोना भाइरसबाट एक हजार सात सय नयाँ व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ । विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात सय नाघिसकेको छ ।

त्यस्तै १२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको आशङ्का गरिएको छ । चिकित्सकका अनुसार सङ्क्रमित व्यक्तिमध्ये पाँच जनामध्ये एक जना व्यक्तिमा ग म्भीर नि मोनियाको लक्षण देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसलाई लिएर उच्च सतर्कता अपनाउन विश्वलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन स्वास्थ्य कार्यक्रमले कोरोना भाइरसबारे सचेत रहन र य सविरुद्ध लड्न विश्वलाई आव्हान गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनले ‘कोरोनाको सङ्क्रमण र नियन्त्रण’ बारेको बैठकपछि विश्वमै कोरोनाले आपत सिर्जना गर्ने भन्दै थप फैलन नदिइ नियन्त्रण गर्न विश्व जुट्नुपर्ने बताएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड, फ्रान्ससँगै विश्वका १६ देशमा पुगिसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एडहेनोमले भने, ‘कोरोना भाइरसलाई विश्व स्वास्थ्य आपतकाल घोषण गर्ने कि नगर्ने भन्ने बारेमा बिहीबार फैसला लिइनेछ ।’

महानिर्देशक एडहेनोमले यो समस्या विश्वभरि नै फैलन आशङ्का बढेको छ र यसको समाधानका लागि सबै विश्व नै तयार हुनुपर्ने बताएका छन् ।
चिनियाँ अधिकारीहरुले अहिलेसम्म सङ्क्रमितमध्ये एक सय २४ जना उपचारपछि पूर्णरुपमा निको भएको बताएका छन् ।

एन नाइनफाइभ मास्कले काम गर्छ त ?

एन नाइनफाइभ मास्कले भने भाइरसबाट अलि बढी जोगाउन सक्ने चिकित्सकहरुको भनाई छ। किनकी यो मुखमा मज्जाले फिट हुन्छ। यो मास्कको नाम नाइनफाइभ किन राखिएको भन्ने कुरा पनि रोचक छ। यसले ९५ प्रतिशतभन्दा बढी कणहरु जुन ०.३ माइक्रोनस् भन्दा कम हुन्छन् त्यसलाई फिल्टर गर्न सक्छ। तर यो मास्क लगाउन पनि जान्नुपर्छ। र, यो छिटो छिटो परिवर्तन गर्नुपर्छ।

विज्ञहरुका अनुसार अहिलेको अवस्थामा सबैले यो मास्क लगाइहाल्न पर्ने जरुरी भने छैन। जो मानिस संक्रमित व्यक्तिसँग सिधा सम्पर्कमा छन् उनीहरुलाई यो मास्क जरुरी हुन्छ।

१८ औँ शताब्दीमा पहिलोपटक सर्जिकल मास्क अस्पतालमा प्रयोग गरिएको थियो। त्यो सर्वसाधारणको प्रयोगमा भने थिएन। तर जब १९१९ मा स्पेनिस फ्लुको महामारी देखियो त्यतिबेला यो मास्कको अत्याधीक प्रयोग भयो।

सेन्ट युनिभर्सिटी अफ लन्डनका डा. डेविड क्यारिङ्टन भन्छन्, ‘नियमित रुपमा प्रयोग हुने सर्जिकल मास्कले हावामा हुने भाइरस र ब्याकटेरियाबाट सुरक्षित राख्दैन। किनकी त्यो मास्क लुज हुन्छ र हावा फिल्टर पनि गर्न सक्दैन। तर यसले खोकी र हाच्छयुँ गर्दा केही हदसम्म बचाउँछ। मास्क फुकालेपछि पनि राम्ररी हात धुनुपर्छ। मास्क लगाउँदा मुख र नाक मजाले छोपिनुपर्छ। मास्क लुज भयो भने मास्कले किटाणु तथा अरु कणहरुबाट बचाउँदैन।’

न्यु साउथ वेल्समा सन् २०१६ मा गरिएको एक अध्ययनअनुसार आधा घण्टामा मानिसहरुले २३ चोटी आफ्नो हात अनुहारमा घरीघरी लग्थे। यो बानी राम्रो होइन।

क्वीन्स युनिभर्सिटीमा कार्यरत डा. कोनर ब्यामफोर्ड मास्कले भन्दा पनि आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिए धेरै लाभदायी हुने बताउँछन्। उनी भन्छन्, ‘हाच्छ्युँ गर्दा मुख छोप्ने, हात धुने र हात नधोइ मुखमा हात नपुर्‍याउने बानी गरियो भने पनि श्वासप्रश्वासबाट फैलिने थुप्रै भाइरसबाट बच्ने सम्भावना रहन्छ।’

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…