चिनको चमत्कार : तस्विरमा हेर्नुस थालनी गरेको ५ दिनमै यस्तो बन्यो हजार सैयाको अस्पताल

एजेन्सी ।  तिव्र गतिको एञ्जिनिरिङ्गमा चिनले महारथ हँसिल गरेको छ भन्नेकुरामा कुनै दुइमत छैन। ठुला ठुला भवन चिनले विश्वमै तिव्र गतिमा बनाएर विश्वकृतिमान राखेको हामीले देखिसकेका छौं। तर, चिनमा अहिले कोरोनाभाइरसका कारण सामुहिक रुपमा काम गर्न सहज भएको अवस्था पनि छैन। यस्तो जटिल परिस्थितिमा पनि चिनले एक हजार सैयाको अस्पताल दश दिनमै निर्माण सक्ने हिसाबले काम थालनी गरेको छ।

करिव ५ दिन पहिले सुरु गरेको अस्पताल निर्माण कार्यले लिएको गति देखेर अन्तराष्ट्रिय संचारमाध्यम नै चकित परेका छन्। कोरोना भाइरसका कारण संगठित भएर काम गर्न नसकिने अवस्थामा पनि चिनले सामान्य झैँ विशाल अस्पतालको निर्माणकार्यको गतिमा कमि आउन दिएको छैन।

कोरोना भाइरसका कारण मंगलबारसम्म चीनमा मात्रै एक सय ६ जनाको ज्या न गईसकेको र ४ हजारभन्दा बढी संक्रमित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीन बाहेक अन्य १६ देशमा ४७ भन्दा बढी संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै हुबे प्रान्तको वुहान शहर प्रभावित बनेको छ । यो शहरमा आज सार्बजनिक र नीजि सवारी साधन ठप्प छन् । यसबीचमा चीनले १० दिनमा उपचार सुरु गर्नेगरी एक हजार शैयाको अस्पताल तिब्र गतिमा बनाईरहेको छ । चिनको यो अस्पताल निर्माण गतिलाई हेर्दा निर्धारित समय भन्दा पहिलै सकिने अनुमान गरिएको छ। कोरोना भाइरस नियन्त्रण सम्बन्धि चीनले देखाएको अग्रसरता विश्वभर प्रसंसा भाइरहेको छ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…