यी हुन् दाङका ७५ वर्षका चन्द्रवीर जसले एक्लै पहाड फोडेर गाउँमा बाटो पुर्याए

दाङ । उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उहाँको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गर्नुभएको छ । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पु¥याउने ।

चार वर्षदेखिको उहाँको सपना एक्लै पूरा गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–३ खमारीका वलीले एक्लैले खनेर गाउँसम्म सडक पु¥याउनुभएको हो । गाउँको नजिकै राजमार्ग छ तर गाउँसम्म पुग्ने गोरेटोबाटो समेत थिएन । हिँड्दा भीरबाट लडेर धेरैका हातखुट्टा भाँचिएका छन् । स्वयम् उहाँको परिवारका १३ जना सदस्यमध्ये नौजना दृष्टिविहीन हुनुहुन्छ ।

वलीले २०७१ सालदेखि घरसम्म पुग्ने बाटो पु¥याउने सपना देख्नुभयो । गाउँघरका कतिपय बुज्रुक व्यक्तिले समेत हुनै नसक्ने काम गर्न थाल्यो भन्दै खिसिट्युरी गर्न थाले । तर उहाँ एक्लैले आँट गरेर बाटो खन्न थाल्नुभयो । बिहान ४ बजे उठेर बाटो खन्न जानुहुन्थ्यो र आँखा देखुन्जेल खन्नुहुन्थ्यो । राजमार्गदेखि सडक गाउँसम्म त पुग्यो नै तर वलीलाई त्यो सडक घरसम्मै पु¥याउनु थियो । वली भन्नुहुन्छ, “बिरामी पर्दा खटियामा बोकेर बिरामीलाई गाडी चढ्ने ठाउँसम्म पु¥याउने बाटो पनि थिएन । तर गत वर्ष मेरै घरकी बुहारी बिरामी पर्दा घरसम्मै एम्बुलेन्स आयो ।”

अहिले गाउँमा जोकोही बिरामी पर्दा एम्बुलेन्स गाउँमै पुग्छ, दिनहुँ अटो, मोटरसाइकल गुड्ने गर्छन् । यस्तो देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको उहाँको भनाइ छ । वलीको दैनिकी २०७१ सालदेखि उस्तै छ । बिहान ४ बजे उठ्नुहुन्छ । बाटोमा पहिरो खसेको भए फाल्नुहुन्छ । परिवारका दृष्टिविहीन सदस्यका लागि खाना पकाउनेदेखि घरका हरेक काम एक्लैले गर्नुपर्ने समस्याबीच पनि उहाँले कहिल्यै हार खानु भएन । वली भन्नुहुन्छ, “दुई वर्षअघि नगरप्रमुख घनश्याम पाण्डे आउनुभएको थियो रु हामीले के गर्नुपर्छ भन्नुहोस्, भन्नुभयो । मैले यो बाटो फराकिलो बनाइदिनुहोस्, बाटोमा ह्युमपाइप दिनुहोस् भनेको थिएँ ।”

उहाँको मागअनुसार नै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सडक फराकिलो बनाउनका लागि वडा कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँको अर्को पनि सपना छ, पर्यटकीय स्थल चमेरे गुफासम्म पुग्न खन्न थालिएको पैदल मार्ग पूरा गर्ने । वलीले एक वर्षदेखि घर नजिकैबाट चमेरे गुफासम्म पुग्ने पैदल बाटो निरन्तर खन्दै हुनुहुन्छ । स्वास्थ्यले साथ दिएसम्म बाटो आफै खनेर सक्ने उहाँले बताउनुभयो । वृद्धावस्थाका चन्द्रवीरको परिवार १३ जनाको छ । तर आम्दानीको स्रोत भने वृद्धभत्ता र अपाङ्गता भत्ताबाहेक केही छैन । गोरखापत्र दैनिकमा खबर छ ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…