देश र जनताको अहित हुने कुनै पनि निकायसँग सम्झौता हुँदैन : मन्त्री भट्टराई

कैलाली – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल कसैका लागि पनि प्रयोगशाला नबन्ने बताउनु भएको छ ।

टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ‘टीकापुर सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव’मा उहाँले भन्नुभयो, ‘नेपाललाई सधैँ प्रयोगशाला बनाइनु हुँदैन । नेपाल कसैका लागि प्रयोगशाला बन्दैन ।’

उहाँले देशको समृद्धिका लागि सबै राजनीतिक दल एक ढिक्का भइ अगाडि बढ्नुपर्ने भन्दै कुनै पनि बहानामा देशलाई फेरि अशान्ति र द्वन्द्वतिर नलान आग्रह गर्नुभयो । मन्त्री भट्टराईले भन्नुभयो, ‘देशको समृद्धि र हितका निम्ति हामी सबै एकताबद्ध छौँ । देश र जनताको अहित हुनेमा कुनै पनि दातृ निकायसँग हाम्रो सम्झौता हुन सक्दैन ।’

मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेश आफैमा महत्वपूर्ण र ऐतिहासिक प्रदेशको रूपमा रहेको बताउनु भयाे । ‘सुदूरपश्चिम प्रदेशले समग्र नेपाललाई समेटेको छ । नेपालले हिमाल, पहाड, तराईलाई समेटेझैँ सुदूरपश्चिम प्रदेशले तीनै क्षेत्रलाई समेटेको छ । यसले सुदूरपश्चिमको मौलिकता झल्काउँछ’, उहाँको भनाइ थियो ।

मन्त्री भट्टराईले टीकापुर विमानस्थल सञ्चालन गर्न सङ्घले माग गरेको एकसूत्रीय मागपत्र ग्रहण गर्दै जुनसुकै हालतमा पनि टीकापुर विमानस्थल सञ्चालनमा ल्याउने बताउनु भयो । उहाँले विमानस्थल सञ्चालनका लागि छिमेकी पालिकाले समेत सहकार्य गर्न कुरा गरेकोमा धन्यवाद दिँदै केही दिनभित्रै प्राविधिक टोलीमार्फत विमानस्थलको अध्ययन गरी आवश्यक काम अगाडि बढाइने बताउनु भयो ।

मन्त्री भट्टराईले सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रुपमा मनाउँदै आएकोमा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आन्तरिक तथा बाह्य पर्यटकका लागि सबै पालिकालाई आफ्नो क्षेत्रभित्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको गुरुयोजना तयार पारी सङ्घीय सरकारसँग समन्वय गर्न आग्रह गर्नुभयो । फाइल फोटो 

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…