‘माधव नेपाल र भीम रावलले एमसीसी बुझेनन्’ राम्रोसंग पढेकै छैनन् : नेता रिजाल

काठमाडौं । मुलुकमा यतिखेर अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को चर्चा छ । एमसीसीबारे सत्तापक्षका नेताहरुबीचमै मतभेद छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावल लगायतका नेताले त्यसको विरोध गर्दै आउनुभएको छ । उहाँहरुले एमसीसी अहिलेकै रूपमा ल्याउँदा घातक हुने भन्दै त्यसलाई रोक्ने प्रयास गरिरहनुभएको छ ।

सत्तापक्षका केही नेता भने एमसीसीप्रति नरम छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी ल्याउनै पर्ने अडानमा छ । पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले एमसीसी जसरी पनि ल्याउनु पर्ने बताउँदै आउनुभएको छ ।

जनता टेलिभिजनले विभिन्न दलका नेताहरुसँग एमसीसीबारे बहस गर्दै आएको छ । जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा केही दिनअघिको बहसमा नेकपाका स्थायी समिति सदस्य रावलले एमसीसी अहिलेकै अवस्थामा ल्याए राष्ट्रको लागि घातक हुने बताउनुभएको थियो । तर पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भने एमसीसी रोक्नै नहुने दाबी गर्नुभएको छ ।

‘मुलुकको लागि एमसीसिी अति आवश्यक छ’ नेता रिजालले जनताकर्मीसँग भन्नुभयो, तर अहिले त्यसबारे गलत तरिकाले प्रचारबाजी भइरहेको छ ।

अरुको त के कुरा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र भीम रावल जसरी एमसीसीको विरोधमा लाग्नु भएको छ, त्यो एकदमै गलत छ । माधवकुमार नेपाल हुन त मेरो लागि आदरणीय हुनुहुन्छ ।

उहाँ प्रधानमन्त्री हुँदा म पनि मन्त्री थिएँ । त्यही कारणले पनि म उहाँलाइ आदर गर्छु तर एमसीसीबारे भने उहाँ र मेरो कित्ता फरक छ । बुझाई फरक छ, मलाई लाग्छ ।

उहाँहरुले एमसीसी बुझ्नु भएकै छैन ।नबुझी, अध्ययन नगरी त्यसको विरोध गरिरहनुभएको छ ।’ नेता रिजालले एमसीसी नेपालको हितमा रहेको तर्क गर्नुभएको छ ।

नेपालका लागि करिब ५५ अर्ब रुपैयाँ अनुदान आउनु सकारात्मक रहेको भन्दै नेता रिजालले एमसीसीको विरोध गर्नेहरुले सम्झौतालाई राम्ररी अध्ययन गर्नुपर्ने बताउनुभयो । नेपाल र रावललाई एमसीसी राम्रोसँग अध्ययन गर्न सुझाव दिनुभयो । एमसीसीबारै फैलाइएका हल्ला अफवाह भएको नेता रिजालको भनाइ छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…