आस्था राउतलाइ मध्यरातमा भेटेर फर्केपछि रेखा थापाले लेखिन यस्तो स्टाटस

काठमाडौं । लोकप्रिय तथा चर्चित नायिका रेखा थापाले राति नै गायिका आस्था राउतलाई भेटेकी छन् । प्रहरीसामु ‘आत्म समर्पण’ गरेकी गायिका आस्था राउतलाई हि रासतमा लिएर त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ । नायिका रेखा थापाले गायिका राउतलाई अस्पतालमै पुगेर भेटेकी हुन् ।

अस्पतालबाट फर्केपछि मध्यरातमा १२ बजेर १३ मिनेट जाँदा उनले भावुक स्टाटस लेखेकी छन् । उनले भनेकी छन्, ‘आस्था राउत प्रहरी हि रासतमा रहेको र उनले प्रयोग गरेका अभिव्यक्तिबारे सबैजसोलाई थाहा छ ।

उनकै शब्दमा समग्र प्रहरी संगठनप्रति पर्न गएको अमर्यादाबारे भुल स्वीकार पनि गरेकी छन् । यसबाहेक आस्था एक नागरिक पनि हुन् र उनले सेवा प्रवाहमा गरिने व्यबहारबारे सुधारको लागि आ क्रोशित भएको देखिन्छ ।

व्यक्ति, नागरिक र पदाधिकारी जो भएपनि मानवीय व्यवहार र असन्तुष्टि पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछन् । यसलाई ठूलो बिषय र संस्थाप्रतिको आ क्र मण नठानी एउटा सेवाग्राहीको जानअञ्जान आ क्रोशको रुपमा लिएर यथाशीघ्र हि रासत मुक्त गर्नु पर्दछ ।’ नायिका थापाले भनेकी छन्, ‘यसबाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अवसर ठान्नु पर्छ । आस्थाले नियोजित अ प राध होइन । भुल र आ क्रो शमा अपशब्द बोलेको रुपमा लिनु पर्छ ।

यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन् र कैयन सार्वजनिक हुँदैनन् । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक बिषय मात्रै बनाउनु हुँदैन ।’ बिरामी भएको भन्दै गायिका राउतलाई प्रहरीले अस्पताल लगिएको हो ।

राउतलाई अस्पतालको चौथो तलाको ४२३ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । राउतको उपचारमा डा. सुभाषचन्द्र यादवको टोली खटिएको बताइएको छ । तर, गायिका राउतलाई के भएको भन्ने खुलाइएको छैन ।

राउतलाई सोमबार बिहान प्र ह रीले नि य न्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय पुराइएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थु नामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

गायिका राउतमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीमाथि दु व्र्यव हार गरेको आ रोप लागेको छ । प्रहरी जवान र मि शा श्रेष्ठले आफूमाथि गायिका आस्था राउतले अभद्र व्यवहार गरेको आरोप लगाउँदै मु द्दा दायर गरेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माघको पहिलो साता राउत र प्रहरीबीच भनाभन भएको थियो ।

भनाभनपछि राउतले त्यसबारे असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुव्र्यवहार भएको बताउँदै प्रह री ला ई गा ली गरेकी थिइन् । उक्त घटनाको सीसीटिभी फुटेज पनि सार्वजनिक भइसकेको छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…