एमसीसीमा भएका प्रावधान संशाेधन नगरी जस्ताको त्यस्तै संसदबाट पास गरिनु हुँदैन : साझा पार्टी

काठमाण्डौ – साझा पार्टीले एमसीसीमा भएका केही प्रावधान संशाेधन गरेर मात्रै लागू गर्नुपर्ने धारणा राखेको छ । साझा पार्टीले परराष्ट्र नीति र राष्ट्रिय स्वार्थमा आँच नआउने सुनिश्चितता गरेर एमसीसी परियोजनालाई स्वीकृत गर्नुपर्ने बताएको हाे ।

‘वर्तमान सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गरिनु हुँदैन भन्ने साझा पार्टीको अडान हो’ प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालको कानुनसँग बाझिने वा नेपालको कानुन अप्रभावी हुन सक्ने, द्विपक्षीय सहयोगको विषयमा तेश्रो देशको सहमति लिनुपर्ने, आयोजनाको कार्यान्वयनमा नेपाल सरकारभन्दा अधिकांश अवस्थामा एमसीसीकै निर्णय हावी हुने लगायतका प्रस्तावित सम्झौतामा परेका कतिपय बुँदाहरू नेपालको हित र आत्मसम्मानको विपरीत हुने साझा पार्टीको भनाइ छ ।

अहिलेको विवादले अमेरिकासँग लामो समयदेखि रही आएको नेपालको सुमधुर सम्बन्धमा नै तिक्तता उत्पन्न गराउने खतरा भएको साझाले उल्लेख गरेको छ।

खतरा उत्पन्न हुनुमा वैदेशिक सहयोगका विषयमा राजनीतिक तहमा रहेको अस्पष्टता र नेपाल सरकारको कमजोर तयारी र संवाद तथा एमसीसीको पक्ष र विपक्षमा आइरहेका अतिरञ्जित तर्क, वितर्क रहेको साझाले जनाएको छ । संवेदनशील विषयहरूको निरूपण नगरी सम्झौतालाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउनु उपयुक्त नदेखिने विज्ञप्तीमा उल्लेख छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…