एसएसपी ढकाल : जो आफ्नै बुवालाई प’क्राउ गरेका थिए

दीपेन्द्र राई

दोस्रो संविधानसभा निर्वाचन तयारी चलिरहेको थियो । सरकारले कुरा सुनेन भनेर ज्येष्ठ नागरिकले आ न्दोलन चर्काउँदै लगेका थिए । काठमाडौंको कोटेश्वर केन्द्रित आ न्दोलन मीनभवन सारियो । त्यहाँ जहिल्यै ध र्ना । जहिल्यै नाराबाजी । त्यसको नेतृत्व शिवप्रसाद ढकालले गर्दै आएका थिए ।

आ न्दोलन चर्कंदै गयो । आ’न्दोलनको प्रकृति परिवर्तन हुँदै गयो । ‘त्यो दिन ?,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख तथा एसएसपी भीमप्रसाद ढकालले सम्झे, ‘मंसिर २६ गते हुनुपर्छ । ज्येष्ठ नागरिकले मीनभवनको सडकमै सुतेर आन्दोलन गर्नुभयो । सडक अवरुद्ध भएको पाँच मिनेटपछि मलाई खबर आयो । तत्काल मिनभवन पुगें ।’

आन्दोलित ज्येष्ठ नागरिकलाई नेपाल कमर्स क्याम्पस मीनभवनका विद्यार्थीले साथ दिएका थिए । ‘५०–६० जना ज्येष्ठ नागरिकले सडकमै सुतेर बाटो अवरुद्ध गर्नुभएको थियो,’ एसएसपी ढकालले सुनाए, ‘बुबाको नेतृत्वमा उहाँहरू सडकमै सुतेर लम्पसार पर्नुभएको थियो । बुबा बीचमा हुनुहुन्थ्यो । विद्यार्थीले प्रहरीलाई पस्न नदिने भनेर ज्येष्ठ नागरिकलाई घेरा हालेर राख्नुभएको रहेछ ।’ विद्यार्थीलाई सम्झाइ–बुझाइ गरेर उनले घेरा तोडे । सर्वप्रथम बुबालाई सम्झाए । माग पूरा नभइन्जेल आ न्दोलन जारी राख्ने बुबाले अड्डी कसे । उनले १५ मिनेटजति सम्झाइ–बुझाइ गर्ने असफल प्रयास गरे ।

त्यतिबेला मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी थिए । उनले अध्यक्ष रेग्मीलाई भेट्टाइदिन्छौं भने । त्यतिबेला काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवोध घिमिरे थिए । ‘उहाँलाई सेटबाटै कल गरें । उहाँले अध्यक्ष रेग्मीसँग भेटघाटका लागि समयसमेत तय गर्नुभयो,’ उनले थपे, ‘र पनि, उहाँहरू मान्नुभएन । उहाँहरूको आठ–दसवटा माग थिए । सबै माग पूरा नभएसम्म आ न्दोलन जारी राख्ने उहाँहरूको उद्घोष थियो ।’

त्यतिबेलासम्म सडक अवरुद्ध भएको २५ मिनेट बितिसकेको थियो । काठमाडौंको मुटुको सडक २५ मिनेटदेखि अवरुद्ध हुँदाको असर शब्दमा व्यक्त गर्न कठिन हुन्छ । आ न्दोलनकर्ताले कुनै हालतमा पछि नहट्ने जिकिर गरिरहे । ‘मैले सडक अवरोध गर्न दिनु हुँदैनथ्यो । मसँग विकल्प थिएन,’ उनले विगत कोट्याए, ‘अन्ततः बुवालगायत नेतृत्वलाई प क्रा उ गर्नुपर्‍यो । प क्रा उ पर्दा बुवाले आ क्रोश पोख्नुभयो । प क्रा उ परेकालाई तीनकुने लगियो । उहाँहरूलाई एक घन्टा हि रा सत मा राखियो । हि रा सतमा बुवासँग बोलचाल भएन । आन्दोलनकर्ताले हि रा सतमा पनि बुवालाई घेरा हालेर राखेका थिए । आ न्दोलकर्ता एक घन्टापछि हिरासतमुक्त भए । बेलुका घर पुग्दा बुवासँग भेट भएन ।’

भोलिपल्ट बुवासँग भेट भयो । मैले नै बुवालाई बोलाएँ । ‘तैंले राष्ट्रका लागि निष्पक्ष काम गर्ने रै’छस् भनेर समाजसेवी बुवाले तारिफ गर्नुभयो,’ उनले खुसी व्यक्त गरे, ‘तैंले गरेको काम ठीक छ । मलाई धाप मा र्दै यस्तै गर्दै जानु भनेर आशिर्वाद दिनुभयो ।’

त्यतिखेर नयाँबानेश्वर वृत्त इन्चार्ज भीमप्रसाद ढकाल थिए । आफ्नै बुवालाई प क्रा उ गरेपछि तात्कालिक इन्चार्ज ढकाल चर्चामा आए । उनका बुवा शिवप्रसाद ढकाल अहिले पनि ज्येष्ठ नागरिकको वरिष्ठ उपाध्यक्ष छन् । ज्येष्ठ नागरिकको आन्दोलन हिजोआज पनि चलिरहेको छ ।

आफ्नै बुवालाई प क्रा उ गर्ने त्यतिखेर नयाँबानेश्वर वृत्त इ न्चा र्ज भीमप्रसाद ढकाल अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख छन् । नागरिक खबरबाट 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…