फलफ्रेन्डसंग फुटबल हेर्नजाँदा श्रीमतीले टिभीमा लाइभ देखेपछि !

काठमाडौं। अहिले विश्वभर एउटा भिडियो भाइरल भइरहेको छ। एक विवाहित युवक आफ्नो श्रीमतीलाइ छलेर गल्फफ्रेन्डसंग मस्ती गर्दैगर्दा भेटाइन त्यो पनि टिभी लाइभमा।  इक्वेडरका देवेइ एन्ड्रेड नामका ती व्यक्तिले फुटबलरंगशालामा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए ।

उनकी गर्लफ्रेण्ड उनको छेउमै थिइन् । संसारलाई बिर्सेर बसेका ती व्यक्तिले खेल हेर्ने क्रममा गर्लफ्रेण्डलाई किस गरिरहेका थिए ।

ती व्यक्तिलाई रत्तिभर पत्तो थिएन कि खेल लाइभ कभर गरिरहेका क्यामेराले उनको यो हर्कत पनि कभर गरिरहेका थिए । उनीहरुको हर्कत स्टेडियममा जडित ठूला क्रिनसँसै टिभीमा पनि लाइभ प्रसारण भइरहेको थियो ।

जब देवेइलाई महसुस भयो कि उनको भिडियो लाइभ भइरहेको छ, उनी सचेत भए । तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो । उनकी श्रीमतीले घरमा बसेर टिभीमा यही खेल हेरिरहेकी थिइन् जसले देवेइको चर्तिकला पनि देखिसकेकी थिइन् ।

देवेइको हर्कत देखेपछि उनकी श्रीमती घर छाडेर गइन् । यो भिडियो इक्वेडरसहित विश्वभर भाइरल भइरहेको छ । भिडियो भाइरल भएपछि र श्रीमती घर छाडेर गएपछि देवेइले इन्स्टाग्राममा सार्वजनिक रुपमा एक पोस्ट लेखेर आफ्नो गल्तीको लागि माफी माग्दै श्रीमतीलाई घर फर्कन आग्रह गरेका छन् ।

भिडियो भाइरल भएपछि र आफूमाथि व्यङग्य हुन थालेपछि उनले मानिसबाट नै गल्ती हुने भन्दै मानिसहरुलाई यो मुद्दा छाड्न आग्रह गरेका छन् ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…