एमसीसीको अनावस्यक बिरोध गर्ने कम्यूनिष्टहरुले कुनैपनी अनुदान चाहिदैन भन्न सक्नुपर्छ

गोरखा – राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले अमेरिकी सहयोग एमसीसी नेपालका लागि अति आवस्यक र बिकासमा फाइदा पुग्ने योजना भएको बताएका छन्।

‘एमसीसीको अनावस्यक बिरोध गर्ने नेपाल कम्यूनिष्ट पार्टीका नेताहरुले नेपाललाई कुनै देश र संस्थाको अनुदान, ऋण चाँहिदैन भनेर घोषणा गर्न सक्नुपर्छ’ प्रेस युनियन गोरखाले सोमवार सदरमुकाममा गरेको पत्रकार भेटघाटमा उनले भने ‘अन्यथा एमसीसीको बिरोध गर्नुको अर्थ छैन।’

अमेरिकी साम्राज्यवाद, भारतीय बिस्तारवाद को नारामा राजनीति गरेका दलका केही नेतालाई अहिले पनि ती विषयको ह्याङओभर रहेकाले अनावस्यक टिप्पणी गर्दै हिँडेको आरोप उनले लगाए।

एमसीसीले दिने अनुदान लिने सन्र्दभमा नेपालमा अहिले भइरहेको अनावस्यक ‘प्रपोगाण्डा’ ले कुनै पनि बिकसित देशले अनुदान र ऋण दिनु अघि सोच्ने अवस्था सिर्जना हुन सक्ने र त्यसको असर नेपालको बिकास निर्माणमा पर्ने नेता पाण्डेले बताए।

‘एमसीसी लिइएन भने नेपालप्रति अन्तराष्ट्रिय समुदायका सहयोग र अनुदान २० वर्ष पर धकेलिन्छ’ उनले भने ‘अध्ययन बिना एमसीसीको नाकारात्म टिप्पणी भएको छ, कुनैपनि बुँदाले नेपालको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्दैन।’ विसं २०६६ साल यताका सबै सरकार प्रमुखले एमसीसी नेपालमा भित्र्याउन कुनै न कुनै ढंगले सहयोग गरिरहेको उनले बताए।

प्रतिनिधि सभामा उपसभामुखका लागि नेपाली कांग्रेसले नेकपासँग भिख नमाग्ने बताउँदै उनले प्रमुख प्रतिपक्ष दललाई दिँदा संसदको गरिमा उच्च रहने बताए।

महाधिवेशनको संघारमा रहेका कारण पार्टी भित्र विवाद देखिएको बताउँदै उनले भने ‘अहिले हामी आफु आफु बिच प्रतिप्रर्धा गर्दैछौँ, महाधिवेशनपछि बिवाद सबै हल हुन्छ।’ राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलको नेता भएर दुई वर्ष रहँदा राष्ट्रियताका मुद्धामा सत्तापक्ष र प्रतिपक्ष एक भएर आवाज उठाएको उनले बताए।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…