थारु अगुवाको प्रश्न : ज्या’न मुद्दा’का अग्नि सभामुख र रेशम जे’लमा किन ?

धनगढी । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत जे ल मा रहेका ११ जनाको  मु द्धा फिर्ता गरी जे ल मु क्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनका का र्यक्रम घो ष णा गरेको छ । मोर्चाले टीकापुर घ टना को छानबिन गर्न बनेका समितिहरुले बनाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

मोर्चाका संयोजक लक्ष्मण थारुले २० दिनभित्र आफ्ना मागहरु पुरा गर्न सरकारलाई आग्रह गरे । थारुहरुको शान्तिपूर्ण आन्दोलन चलिरहेका बेला कसको योजनामा घ ट ना भएको हो भन्ने जानकारी पाउने अधिकार आफुहरुको पनि रहेको भन्दै उनले लाल आयोग र अन्य आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

‘टी का पुर घ ट ना घ टि सकेपछि गठन भएको आयोहरुको प्रतिवेदन किन सार्वजनिक गरिँदैन ? के हामी डाँ का, चो र, फ टाहा हो ? हामी ज्या न मारा हो ? थाहरुको शान्तिपूर्ण आ न्दो लन जारी रहेका बेला कसको योजनामा टीकापुर घ ट ना घ टे को हो ? त्यो जान्न पाउने अधिकार हामीलाई छैन्’, उनले भने, ‘हाम्रो घरमा आ गज नी हुन्छ, चो री हुन्छ, हाम्रो घरमा रे प हुन्छ तर मु द्धा लाग्छ हामीलाई ज्या नमा रा, ज्या न मा र्ने उद्योग र डाँ का चोरी को । लोकतन्त्र यहि हो । संघीयता यहि हो ?’

खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खम्बुले देशमा संघीयता, स्वायत्तता स्थापना गर्न संघर्ष गर्नेहरुलाई सरकारले द म न गर्ने नीति लिएको आरो प लगाए । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुखमा बनाएको प्रति संकेत गर्दै अदा लत मा ज्या न मु द्धा चलिरहेका व्यक्तिलाई सभामुख बनाउने तर झुठा मु द्धा लगाएर रेशम चौधरीर्लाइ कसरी जे लमा राखियो भन्दै प्रश्न गरे ।

मोर्चाका प्रवक्ता मिनराज चौधरीले थारु गाउँमा छापा मा री थरुहट नेता, अभियन्ता, युवा विद्यार्थी लगायतलाई धर प कड गर्ने र थारु महिलाहरुमाथि दु व्र्य वहा र र ब ला त्का र समेत गरी थारु बस्तीहरु त्रसित बनाउनेहरुलाई कुनै का रवा ही नभएको बताए ।

मोर्चाले माघ १४ गते प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ मसान्तसम्म प्रदेशदेखि वडा तहसम्म मोर्चाको समितिहरु विस्तार गर्ने, माघ १८ गते पहिचान पक्षहरुको बृहत अन्तरक्रिया धनगढीमा गर्ने, २४ गते संयुक्त राष्ट्रसंघ, कुटनीतिक नियोग, मानवअधिकार आयोगमा संघर्षका सम्बन्धमा पत्रबाट जानकारी दिने कार्यक्रम सार्वजनिक गरिएका छन् ।

त्यसैगरी, फागुन १ गते कैलाली र काठमाडौंको माइतिघरमा आ म रण अनसन बस्ने, २ गते धनगढी लगायत तराईका विभिन्न जिल्लामा जनप्रदर्शन गर्ने र मा गह रु सुनुवाई नभए ती न दिने बन्द तथा आमहड्ताल घोषणा गर्दै ५ गते समिक्षा गरी अनिश्चितकालिन बन्द घो ष णा गर्ने कार्यक्रमहरु मोर्चाले सार्वजनिक गरेको छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…