सुर्य पश्चिमबाट उदाएको दिन मात्र म बुढो हुन्छ भन्दै जब राजेश हमालले महोत्सव तताउनथाले

महानायक राजेश हमालको प्रस्तुती तुलसीपुरका दर्शकले अत्यन्तै रुचाएका छन्। तुलसीपुर उद्योग वाणिज्य संघ तुलसीपुरले आयोजना गरेको माघ ९ देखि १९ गते सम्म चलने उक्त महत्स्वमा महानायक हमालले शनिबार प्रस्तुती दिएका थिए।

तुलसीपुरमा विजुली चम्क्यो, के रैछ भन्या महोत्सव लागेर । यहिं जन्मिएर राष्ट्रिय ख्याती कमाएका कृष्ण रेउलेको भाखाको गित थियो, सव्द भने उनको होइन । त्यसैमा नेपाली सिनेक्षेत्रका महानायक राजेश हमालको प्रस्तुतीले तुलसीपुरलाइ साझ सम्मै व्युझाएको थियो ।

‘रातो टिका निधारमा टलक्क टल्कियो, उनको यो गायनले युवादेखि बालवालिका र बृद्धबृद्धाहरुलाइ पनि आकर्शित गरेको थियो । मेला महोत्सव आफैमा रमाइकालागी हो, त्यसैले आयोजक तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सवलाइ भव्य र सभ्य बनाउन सुरक्षा प्रवन्ध देखि सहज यातायात र कलाकर्मिहरुलाइ पालैपालो व्यवस्थापन गरेको छ ।

राजेशहमाल एउटा पात्र मात्रै हुन, धेरै कलाकारहरु तुलसीपुरको महोत्सवमा आउने छन् । यहिंकै चेलि श्रीजु अधिकारी, कमल गाउंले कृष्ण रेउले लगायत भुरपुर कलाकारहरु छन् । महोत्सवलाइ भव्य र सभ्य बनाउन कलाकर्मिहरु पनि लागीरहेका छन् । दाङको तुलसीपुरमा आयोजना भएको महोत्सवमा स्यांजाबाट उमादेवी खनाल पनि आइपुगेकि छिन् ।

उनको कलाकारीतालाइ दाङले भव्य स्वागत गरेको पनि छ । उनको एंकरीङले पनि महोत्सवको दोस्रो दिन भव्य बनाएको छ । उमालाइ दाङले यहिं बसाउन खोजेको थियो, तर मेला महोत्सउव सकिएसंगै उनी आफ्नै गृहजिल्ला जाने छिन् । कमल गाउलेले हसाउनुसम्म हसाए, दिपक कुमालले पनि सहाजीकरण गरे, स्वयमसेवकहरु त्यत्तिकै रु्रपमा सक्रिय भएका थिए ।

महोत्सवले आम दाङबासीलाइ तानेको छ । कृषिका स्टलहरुदेखि व्यवसायमि स्टल कुनैपनि खालि थिएनन् । किनकि दाङ जिल्ला आफैमा पनि स्वाभिमान जिल्ला हो ।

भरीभराउ स्टल, भरीभराउं दर्शकले तुलसीपुर महोत्सवको सफलता बोलिसकेको छ । तरकारीको मालाको प्रंशंसा योग्य हो । च्याउका स्टल, वयरबोकाका स्टल, निशुल्क स्वास्थ्य शिविर र पुरन्धाराको छहरा सम्मको साइकिल यात्राले पनि महोत्सवलाइ नेपाल भ्रमण बर्षसंग जोडेको छ ।

‘मर्निङ सो द डेज, हामीलाइ महोत्सव सफल हुने देखिइसकेको छ,महाोत्सव मुल आयोजक समितिका संयोजक विर वहादृुर रावतले भन्नुभयो । तुलसीपुर महोत्सव नेपाल भ्रमण बर्षसंग जोडिएको छ । यसकालागी पर्यटन प्रवद्र्धनलाइनै महोत्सवले मुख्य ध्यान केन्द्रित गरेको छ । संगै मनोरन्जनलाइ पनि प्रार्थमिकतामा राखिएको छ । सनीवारैदेखि विंगो हाउजिङ पनि सुरु भएको छ ।

यस्तै महोत्सवमा कालो कपाल, जिन्स पायन्ट र सर्टमा उपस्थीत भएका नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले आफु बुढो नभएको अभिव्यक्ति दिए । ठट्टाकै शैलिमा हमालले आफु कलाकारीता क्षेत्रमा बुढो नहुन अभिव्यक्ति दिए ।

‘सुर्य पश्चिमबाट उदाएको दिन मात्र म बुढो हुने छु भन्ने लाग्छ,’चलचित्र पत्रकार संघ दाङको आतिथ्यमा भएको पत्रकार सम्मेलनमा महानायक हमालले भने । साथै उनले कलाकारीतालाइ जिवन्त राख्ने सवालमा आफु सधै लागीरहने पनि अभिव्यक्ति दिए ।

‘कलाकारीता जिवन्त हो, अमृत पनि हो’, त्यसैले मैले पनि कहिल्यै विश्राम नलिने अभिव्यक्ति दिए । नेपाल चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संघका शरद रेग्मीले गरेका थिए भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष सन्तोस केसीले गरेका थिए ।

यस्तै आईतबार महाेत्सवमा पुस्कल शर्मा, टिका सानु, रिता केसी, रेश्मी तामाङ कमल गाउंले, कमल रेउले, देवेन्द्र बस्नेत, शिव पुन लगायतका कलाकारहरुले महोत्सव तताउने छन् ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…