अमेरिकामै हराएकी उपप्रमुख भन्छिन्, ‘अहिले म राम्रोसंग बोल्न सक्ने अवस्थामा छैन’

काठमाडौँ — अमेरिकामा पुगेर पार्टीको सम्पर्कमा नआएको आरोप लागेकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपालीले आफू बिरामी परेका कारण नेपाल फर्किन नसकेको प्रतिक्रिया जनाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै उपप्रमुख नेपालीले आफू मेयर रतनबहादुर शाहीलाई जानकारी दिएर अमेरिका गएको भन्दै कतै नलुकेको प्रस्ट्याएकी हुन् ।

‘म हराएको पनि छैन, कतै लुकेको पनि छैन’, उनले लेखेकी छन्, ‘म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’

अमेरिकामा आयोजित गोष्ठीमा भाग लिन कात्तिक पहिलो साता गएकी उपप्रमुख नेपाली फर्किएकी छैनन् । पार्टी र नगरपालिकालाई समेत जानकारी नभएको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि उनले खण्डन गरेकी हुन् ।

उपप्रमुख नेपालीले आफ्नो स्वास्थ्यमा सामान्य सुधार भएको तर चिकित्सकले निको हुन अझै ५ महिना लाग्ने बताएको उल्लेख गरेकी छन् । ‘अहिले म राम्रोसँग बोल्न पनि सक्दिनँ अलि अलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतकी डा. अञ्जीर कुमारले गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा निको हुन अझै समय लाग्छ, ५ महिना भनेको छ ।’

अमेरिकाबाट मेयरलाई बारबार फोन गर्दा केही प्रतिक्रिया नआएको गुनासो पनि उनले गरेकी छन् ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…