रवीन्द्र मिश्र भन्छन् : एमसीसी देशको हितमा छ, संसदबाट पारित गरिनुपर्छ

झापा – साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसlसी) परियोजनालाई संसद्बाट अनुमोदन गरिनुपर्ने धारणा राख्नुभएको छ ।

झापाको धुलाबारीमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसीसी परियोजना देशको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताउनुभयो ।
परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमतिमार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग समेत गर्नुभयो ।

एमसीसी संसदबाट अनुमोदन नगर्न ११ दलको आह्वान

हालै भारतले नेपालको भूमि लिम्पियाधुरा, कालापानीलगायका क्षेत्र समेटेर विवादास्पद नक्शा जारी गरेको विरोधमा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको एमसीसी कम्प्याक्ट सम्झौतो विरोधमा विभिन्न ११ दलले आन्दोलन गर्ने भएका छन्।

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहको नेतृत्वमा विभिन्न ११ दलले आन्दोलन गर्न लागेका हुन्। शनिबार विभिन्न ११ दलको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो। बैठकपछि सँयुक्त विज्ञप्ति जारी गर्दै ती दलहरुले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न आह्वानसमेत गरेको छ।

नेकपा मसालका महामन्त्री सिंह, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिब मोहन वैद्य किरण, नेकपा (माले)का महासचिब सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाली किराँती, जनसमाजवादी पार्टीका अध्यक्ष सुभासराज काफ्ले र राष्ट्रिय जागरण परिषद्का सहसंयोजक महेन्द्र शर्माले शनिबार सँयुक्त विज्ञप्ति जारी गरेका हुन्।

मसाल महामन्त्री सिंहको अध्यक्षतामा शनिबार बसेको बैठकले भारतीय नक्शा र एमसीसीको विरोधमा प्रदर्शनका कार्यक्रमसमेत घोषणा गरेको छ। यही माघ २४ गते सातै प्रदेशका राजधानीमा विरोधसभा गर्ने निर्णय गरेको छ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…