उर्जामन्त्री पुनको प्रस्ताव : जति बढी विद्युत प्रयोग गर्यो उति कम शुल्क

काठमाडौं । विद्युतको खपत कसरी कम गर्ने ? यो प्रत्येक घरको लागि चिन्ता र चासोको विषय हो । जतिसक्दो विद्युतको खपत कम गर्ने भन्ने ध्याउन्नमा हुन्छन् सबै मानिस । तर, अब समय फेरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले अचम्मको प्रस्ताव अगाडि सार्नुभएको छ । मुलुकमा ऊर्जा उत्पादन बढेको अवस्थामा खपत बढाउनुपर्ने भएकाले सरकारले उपभोगका आधारमा विद्युत महशुल निर्धारण गर्ने नीति लिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जति बढी विद्युत उपयोग ग¥यो त्यति नै प्रतियुनिट बिजुली सस्तो हुने गरी प्रस्ताव तयार गरेको छ । ललितपुरमा शुक्रबार भएको एक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले केही दिनअघि आफ्नो अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरणको बैठकले नयाँ विद्युत महसुल दर निर्धारणका लागि सिफारिस गरेको जानकारी दिनुभयो ।

विगतमा माग बढी र उत्पादन कम भएकाले बढी प्रयोग गर्दा बढी नै मूल्य रहेको चर्चा गर्दै मन्त्री पुनले पछिल्लो दुई वर्षमा उत्पादन बढेर विद्युतमा आत्मनिर्भर हुने अवस्था आएकाले खपत बढाउन जति बढी प्रयोग ग¥यो त्यति नै कम शुल्क निर्धारण हुनेगरी नीति ल्याउन लागिएको स्पष्ट गर्नुभयो ।

‘मागको तुलनामा सप्लाई बढी भएकाले विगतमा लोड म्यानेज गर्न सजिलो हुन्छ भनेर कम प्रयोग गर्नतिर प्रेरित गरिएको थियो’, मन्त्री पुनले भन्नुभयो, ‘यो सरकार आउनुभन्दा पहिला ९ सय मेगावाट विद्युत थियो ।

अहिले ४ सय मेगावाट बढेर १३ सय पुगेको छ, त्यसैले अधिकतम खपत बढाउनेतिर हाम्रो जोड छ ।’ मन्त्री पुनले यसै आर्थिक वर्षभित्रमा करिब १ हजार मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने जानकारी पनि दिनुभयो ।

उहाँले प्रतिमहिना ० देखि १० युनिट, ११ देखि २० युनिट, २१ देखि ३० युनिट, ३१ देखि ५० युनिट, ५१ देखि १ सय युनिट, १ सय १ देखि १ सय ५० युनिट, १ सय ५० देखि २ सय युनिट र २ सयदेखि ४ सय युनिटसम्म विद्युत प्रयोग गर्नेहरुको समूह वर्गीकरण गरी त्यसैअनुसार नयाँ शुल्क निर्धारणको तयारी भएको बताउनुभयो ।

उहाँका अनुसार ० देखि १० युनिटसम्म प्रयोग गर्ने ग्राहक ७ लाख र ११ देखि २० युनिटभन्दा प्रयोग गर्नेको संख्या १७ लाख छ । ० देखि १० युनिटसम्म प्रयोग गर्नेलाई सबैभन्दा सस्तो दर र त्यसपछि प्रयोगका आधारमा शुल्क लिइने उहाँको भनाइ थियो । मन्त्री पुनले ग्याँस प्रतिस्थापनका लागि विद्युतीय चुल्हो प्रयोगलाई प्रवद्र्धन गर्ने नीतिमा सरकार रहेको पनि जानकारी दिनुभयो ।

‘गाउँघरमा चार÷पाँच जनाको परिवार र काठमाण्डुमा डेरामा बस्नेले बिजुली बाल्दा र विद्युतीय चुल्होमा खाना पकाउँदा ५० युनिटभित्रैले पुग्दो रहेछ’, उहाँले भन्नुभयो, ‘यो ग्याँसभन्दा धेरै सस्तो पर्न आउँछ ।’ ५१ देखि ४ सय युनिट प्रयोग गर्नेले आइरन, वासिङमेशिन, फ्रिज जस्ता विद्युतीय उपकरण प्रयोग गर्नसक्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

‘के कस्ता सामग्री प्रयोग गर्दा कति खर्च हुन्छ भनेर उपभोक्ताले अनुमान गर्न सक्ने गरी सिस्टम बनाउँदैछौं’, उहाँले भन्नुभयो, ‘सबै समूहमा विद्युतको शुल्क पहिलाभन्दा कम हुन्छ, तर जति बढी प्रयोग गर्दै गयो त्यति धेरै सस्तो हुन्छ ।’

विद्युतीय चुल्हो प्रयोग अभियानकै रुपमा

चालु आर्थिक वर्षमा नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत १० हजार विद्युतीय चुल्होलाई अनुदान दिइएको र आगामी वर्ष त्यसलाई बढाएर १ लाख पु¥याउने जानकारी मन्त्री पुनले दिनुभयो । उहाँले विद्युतीय चल्हो प्रयोगलाई सरकारले अभियानकै रुपमा अघि बढाउने पनि स्पष्ट गर्नुभयो । विद्युतीय चुल्हो प्रयोग गर्दा धेरै समय भान्सामा बिताउने महिला तथा उनीहरुका साना उमेरका केटाकेटीको स्वास्थ्य राम्रो हुनुका साथै समय पनि बचत हुने उहाँको तर्क छ ।

‘दाउरामा खाना पकाउँदा समय पनि धेरै लाग्छ, महिला र बालबच्चाको स्वास्थ्य पनि खराब हुन्छ’, उहाँले भन्नुभयो, ‘विद्युतीय चुल्हो विद्युत खपत बढाउनका लागि मात्र होइन, स्वास्थ्य र समयसँग पनि जोडिएको छ ।’ महिलाहरुलाई चुल्होबाट बाहिर निकालेपछि मात्रै समाज अगाडि बढ्ने चर्चा गर्दौ उहाँले महिलाहरुको शिक्षा, राज्य, प्रशासनिक वा सामाजिक नेतृत्व विकासका लागि विद्युतीय चुल्होले समय बचत गराउने स्पष्ट गर्नुभयो ।

‘हाम्रा दिदीबहिनी, आमा र छोरीहरुको समय बचत गरेर शिक्षा, स्वास्थ्य, सामाजिक अभियान वा राजनीतिक प्रशासनिक क्षेत्रमा महिलाहरुको सहभागिता बढाउने हो’, मन्त्री पुनले भन्नुभयो, ‘यो सामाजिक र लैंगिक समानताको अभियान पनि हो ।’ नेपालमा गत वर्ष २ खर्बभन्दा बढीको पट्रोलियम पदार्थ भित्रिएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले त्यसमा ग्याँस मात्र ४८ अर्बको रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । ‘उर्जा मन्त्रालयको ध्यान विद्युत उत्पादनमा मात्र छैन ।

मुलुकलाई आत्मनिर्भर बनाउने व्यापार घाटा कम गर्नेमा पनि छ । आन्तरिक रुपमा विद्युत खपत बढाएर व्यापार घाटा कम गर्न सकिन्छ’, मन्त्री पुनले भन्नुभयो ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…