कोरोना भाइरसको बारेमा जन्नैपर्ने कुराहरु : डा. कल्याण सुवेदी 

१.  यो रोग आँफुमा फैलन नदिन अन्य रुघाखोकी उत्पन्न गर्ने भाइरससंग ]जोगिनुपर्छ। ति भाइरससंगजोगिन यस्ता उपाय  अपनाउन सकिन्छ।

यस्तो भाइरस आफ्नो ठाउँ नजिकै फैलिएको छ भने हिड्दा मास्क लगाएर हिड्ने, घर बाहिरका कुरा हातले छुने वित्तिकै सफासंग साबुन पानीले हात धुने वा अल्कोहोल सेनिटाईजर प्रयोग गर्ने, भिडभाडबाट टाढै बस्ने, वालवालिका बृद्ध तथा गर्भवतीलाइ अनावश्यक घर बाहिर निस्कन नदिने, सम्भव भएसम्म बाहिर जाँदा लगाएका लुगा छुट्टै राखी वसिङ्ग मेशिनमा धुने त्यी कपडा अरुलाई छुन नदिने,  राम्रो आहारा सेवन गर्ने, भाइरस अरुलाई नसरोस भनेर आफु खोक्दा मुख छोपेर मात्र खोक्ने, सम्भव भए सम्म छुट्टै कोठामा बस्ने र अरुको नजिक नजाने, खान पकाउने भाँडाकुडा आफै माझेर सुकाउने, निको नहुँदा सम्म वा उपचार विधि नसकिदासम्म छुट्टै बस्ने।

२.  आँफुलाइ रुघाखोकी सुरु भएको छ र सामान्य रुघाखोकी भन्दा बढी तपाईको ज्यान गलाएको छ जस्तो महसुस हुने वित्तिकै आफुँ नजिक रहेको स्वास्थ्य चौकी वा सरकारी अस्पतालमा जाँदा फोन गरेर मात्र जाने।  जाँदा अनुर्वय मास्क लगाएर जाने। त्यसले गर्दा अरुलाई संक्रमण हुनबाट बचाउन सकिन्छ।

३. प्राय संसारभरका अधिकतम् अवस्थामा मानिसबाट मानिसमा सर्ने भाइरसले हजारौं बर्षसम्म मानवले त्यस विरुद्ध लड्ने शक्ति उत्पादन गरिसकेका कारण स्वास्थ्य व्यक्तिको ज्यान लिंदैन तर, अहिले विश्वभर फैलीरहेको कोरोना भाइरस पुरानै वर्गको भाइरस रहेकाले आफ्नो “जेनेटिक कम्पोनेन्ट” परिवर्तन गरि नयाँ जात (strain) बनाएको अवस्थामा यो भाइरस (Coronavirus 2019-nCoV) को औसधि उपचार संसारभर कतै छैन मात्र यसले पार्ने असर कम गर्न सकिन्छ।

४. नेपालको हकमा यदि काठमाडौँमा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्ति तिन चार जनामा सर्यो भने यसलाई रोकथाम गर्न नेपाल सरकारले सक्ने अवस्था छैन। यसको उदाहरण नेपाल सरकारले केहि समय पहिले डेंगु रोक्न देखाएको क्रियाशीलतालाइ आधार मान्ने हो भने यो रोग नेपालले थेग्न सक्दैन।  त्रिभुवन विमानस्थलमा बाहिरबाट आउने यात्रुहरुको स्वास्थ्य अवस्था चेक जाँच गर्न बसेको ठाउँ हेर्दा उदेक लाग्दो छ।

५. कोरोना भाइरसका बारेमा विभिन्न अनुसधन हुँदै छन्, यस भाइरस सम्बन्धि कुनै थप सूचना आएमा  आफ्नो फेसबुकमा अपडेट गर्ने छु। यो सचेतानात्मक लेख भएकाले सक्दो सियेर गरिदिन अनुरोध गर्दछु। डाक्टर कल्याण सुवेदी

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…