नेपाल सहित विश्वभर भयावह बन्दै कोरोना भाइरस : चीनमा मात्रै ४१ जनाको मृ’त्यु

बेइजिङ — चीनमा कोरोना भाइरसको प्रकोपले भयावह रुप लिइरहेको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु हुनेको संख्या ४१ पुगेको छ । शनिबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसबाट ४१ जनाको मृ’त्यु भएको र यसको संक्रमण एक हजार २ सय ८७ जनामा देखिएको जानकारी दिएको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको जोखिम चीनका अन्य प्रान्त र सहरलगायत विश्वका विभिन्न देशमा समेत फैलिएको छ। कोरोना भाइरसको संक्रमण अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरियामा समेत पुगेको छ।

शुक्रबार जापान र दक्षिण कोरियाले अहिलेसम्म दुई–दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन्। त्यस्तै अमेरिकाको सियाटलमा एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि ४३ जनालाई निगरानीमा राखिएको छ।

सियाटलका ३० वर्षीय अमेरिकी नागरिक केही दिनअघि मात्रै वुहानबाट फर्किएका थिए। आइसोलेसन वार्डमा राखेर उनको उपचार भइरहेकाे छ। रोबोटसहितको मेडिकल टिम उनको उपचारमा खटिएको सीएनएनले जनाएको छ।

के हो नोवल कोरोना, कसरी बच्‍ने ?

चीनले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि भन्दै बिहीबार तीन सहरमा आवतजावत बन्द गर्ने घोषणा गरेको थियो। वुहानसहित हुआङगाङ र इझौ सहरमा आवतजावत रोक्ने चीन सरकारले निर्णय गरेको छ। त्यस्तै चीन सरकारले नयाँ वर्षमा पनि ठूला कार्यक्रम नर्गन आदेश दिएको छ।

नेपालमा पनि काेराेना भित्रिएको पुष्टि

‘नोवल कोरोना भाइरस’ को संक्रमण नेपालमा पनि देखापरेको छ । चीनको वुहानबाट बिदामा नेपाल आएका विद्यार्थीको रगत र र्‍यालको नमुना परीक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको हो । नमुना विशेष परीक्षणका लागि गत मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोलाबरेटिङ सेन्टर हङकङ पठाइएको थियो । नोवल कोरोना भाइरसको परीक्षण सेवा नेपालमा उपलब्ध छैन ।

रोग नियन्त्रणका लागि १६ अर्ब

चीन सरकारले प्राणघातक कोरोना भाइरससँग लड्नका लागि एक अर्ब आरएमबी(झण्डै १६ अर्ब नेपाली रुपैयाँ) छुट्याएको छ। बिहीबार अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि १६ अर्ब छुट्याइएको जानकारी दिएको हो।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…