पुर्वमाओवादी सिद्ध्याउने खेल सुरु : महरालाई जस्तै सापकोटालाई पनि जेल पठाउन एक तत्व सक्रिय

पुर्वमाओवादी सिद्ध्याउन लागिपरेका केहि तत्व फेरी सक्रिय भएका छन् । कृष्णबहादुर महरालाई व’ला’त्कारको आ’रोपमा जे ल पठाउन सफल रहेको त्यो तत्व फेरी एकमात्र सभामुखका उम्मेदबार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । पुर्वमाओवादी समूहका नेताहरु सखाप पार्ने नियतका साथ लागिपरेको त्यो तत्व यो या त्यो बहानामा द्व न्द कालिन बु द्दा कोट्याउन  तम्सिएको छ।

लामो कसरतपछि सभामुखमा पक्का पक्की भएको अवस्थामा नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको नाममा फरक फरक वि वा द झिक्न थालिएको छ। सापकोटाबारे द्व न्द्व कालीन मु द्दालाई लिएर विवाद झिकिएपछि सत्तारुढ नेकपाका नेताहरु बचाऊमा उत्रिएका छन्।

वि.सं. २०६२ सालमा तत्कालीन माओवादीको अ प हरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको ह त्या आ रोप लागेका सापकोटा प्रतिनिधिसभाको सभामुखका लागि एक्ला उम्मेदवार हुन्। व्यक्त ह त्यास म्बन्धी मु द्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले उनलाई सभामुख बनाउन थालिएको प्रक्रिया तत्काल रोक्न, घटनाको अनुसन्धान र प क्रा उ गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा सापकोटाविरूद्ध शुक्रवार रिट हालेका छन्।

सापकोटाविरुद्धमा आवाज चर्को हुँदै गएपछि सत्तारुढ नेकपाका नेताहरुले उनीविरुद्ध कुनै मु द्दा नरहेको बताएका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामूखका उम्मेदवार सापकोटामाथि मु द्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताएका छन्।

त्यस्तै राष्ट्रियसभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता तथा नेकपाका नेता रामनारायण बिडारीले सापकोटाको विरोधको कुनै अर्थ नरहेको तर्क गरेका छन्। सञ्चार माध्यमसँग कुरा गर्दै बिडारीले सापकोटाविरुद्ध उब्जिएको तरंग अप्रसांगिक भएको बताए। ‘यो अर्थहीन, वाहियात्, अप्रसांगिक, गैरकानूनी, असंवैधानिक नेपालविरोधीहरुले निकालेको कुरा होु, उनले भने, ‘सांसद हुँदा, चुनाव जित्दा कहाँ गएका थिए ?, १० व र्षपछि कुरा उठाउने ? त्यसकारण यो गलत कुरा हो।’

बिडारीले सापकोटाविरुद्ध नेपालभर कतै मुद्दा नभएको प्रष्ट पारे। मुद्दा गर्न पाऊँ भनेर सत्यनिरुपण आयोगमा निवेदनमात्रै परेको उनले जिकिर गरे। ‘अग्नि सापकोटाविरुद्ध छैन, नेपाल सरकार महान्यायाधिवक्ताको वि रुद्धमा छ, प्रहरीविरु द्ध छु, उनले भने, ‘सापकोटालाई मु द्दा चलाउने निर्णय नेपाल सरकारले गर्ने कुरा हो।’

नेपालमा शान्ति स्थापना नहोस् भन्ने, संविधान र नेपालको प्रचलित कानुनविरोधी, विदेशी उक्साहटबाट उत्पन्न तरंगको कुनै अर्थ नरेको उनले जिकिर गरे। सापकोटाविरुद्ध सबै राजनीतिक दलहरु, संसदको सर्वसम्मत निर्णय भएकाले उनीविरुद्धको रिटले सभामुख चयनमा कुनै असर नपार्ने बिडारीको भनाइ छ।

‘यो मुद्दाको कुरा केही होइन, डलर ल्याउने उद्योगमात्र हो, यसले सभामुख चयनमा कुनै असर पार्दैन’, उनले भने, ‘सांसदहरुको अधिकार कसले रोक्ने ? सांसदहरुले सभामुख चुन्ने, उनीहरुको आन्तरिक कुरा हो। सांसदहरुले सभामुख चुन्ने हो, बाहिर चुनाव हुने हो र ?’ बिडारीले प्रश्न गरे।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…