चीनमा कोरोना भाइरसकाे संक्रमण फैलिएपछि नेपाली युवाको श’व नेपाल फर्काउन समस्या

बेइजिङ — चीनमा कोरोना भाइरसकाे संक्रमण फैलिएपछि एक नेपाली युवाको श’व नेपाल फर्काउन समस्या भएको छ। एक दशकदेखि चीनमा कार्यरत दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको गत आइतबार आफू बसेकै होटलमा नि’धन भएको थियो ।

कोरोना भाइरसको केन्द्र मानिएको हुबेई प्रान्तको वुहानस्थित इन्डियन मार्का नामक भारतीय रेस्टुरेन्टमा उनी कार्यरत थिए। अस्पतालको प्रारम्भिक प्रतिवेदनअनुसार खड्काको मृ’त्युमा कोराेना भाइरसकाे संक्रमण देखिएकाे छैन । शनिबार राति मृ’तक खड्का साथीसहित हाेटेलमा बसेकाे वुहानमै रहेका बाग्लुङका टोपबहादुर थापाले कान्तिपुरलाई बताए।

खड्का एक दशकदेखि चीनमा ‘सेफ’सम्बन्धी काम गर्दै आएका थिए। दोलखाकाे काटाकुटी पुर्ख्यौली घर भएका खड्काकी आमा, श्रीमती र छोरासहितको परिवार हाल भक्तपुरको ठिमीमा बस्दै आएको छ।

भारतीय कम्पनीले ड्युटी बाहिरको घटना भएकाले क्षतिपूर्ति नबेहोर्ने बताएको छ। मृ’तकको श’व नेपाल लैजान करिब १ लाख चिनियाँ आरएमबी लाग्ने भएकाले खर्च जुटाउनका लागि नेपालस्थित जिम्मेवार निकाय र बेइजिङस्थित नेपाली दूतावासले पहल गरिरहेको मृ’त’कका आफन्‍त धनबहादुर कार्कीले जानकारी दिएका छन्।

चिनियाँ वसन्त चाड सकिएपछि श[व नेपाल फर्काउने प्रक्रिया अघि बढ्न सक्ने चीनस्थित नेपाली अधिकारीहरूले बताएका छन्। शुक्रबारदेखि सुरू हुने चिनियाँ नयाँ वर्षको बिदा एक सातापछि सकिनेछ। नेपाली दूतावासका अनुसार कोरोना भाइरसका कारण तत्काल श’व नेपाल लैजानका लागि समस्या भएको हो।

चिनियाँ वसन्त चाडको लामो बिदामा चिनियाँहरूको बाक्लो ओहरदोहोर हुने भएकाले कोरोना भाइरस फैलिने आशंकामा वुहानको सरकारले बिहीबारदेखि लागू हुने गरी त्यहाँका सार्वजनिक यातायातहरू अस्थायी रूपमा बन्दको घोषणा गरेको छ। स्थानीय बस, लामो दूरीका बस तथा सबवेलगायत बिहीबार बिहान १० बजेदेखि बन्द गरिएका छन्।

वुहानबाट चल्ने सबै हवाई उडानहरू तथा रेल तालिका रद्ध गरिएको छ। वुहानका स्थानीय बासिन्दालाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन चेतावनी जारी गरिएको छ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…