कसरी जोगिने कोरोनाबाट ?

काठमाडौं : नेपालमै कोरोना भाइरसको संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ।शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन्।

‘चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको छ’, श्रेष्ठले भने।उनको स्वास्थ्य परीक्षणका लागि हङकङ पठाइको थियो।उनी प्रत्यक्ष निगरानीमा रहेको उनले बताए।

त्यस्तैगरी हङकङबाट आएका अर्का एक व्यक्तिलाई सामान्य अवस्थामा टेकु अस्पतालमा निगरानीमा राखिएको छ।उनीहरुको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइराखेको छ। अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर बिरामीलाई राखिएको हो।

टेकु अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार उनलाई प्रत्यक्ष निगरानीमा राखेर परीक्षण भइराखेको छ।उनको थप परीक्षणका लागि हङकङ पठाउने तयारी भइराखेको छ।अहिले उनलाई भने कुनै जटिल समस्या नदेखिएको उनले बताए।

‘विमानस्थलको हेल्थ डेस्कमा उच्च सर्तकता अपनाइको छ।स्वास्थ्यकर्मीको टोली २४ घण्टा खटिने छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यहाँ स्वास्थ्य जाँचका लागि उपकरण जडान गरिएको छ। त्यहाँ चीनबाट आउने व्यक्तिलाई निगरानी बढाइएको छ ।’

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विमानस्थलको हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाएर उच्च सतर्ककता रहने बताएका छन्। चीनमा फैलिएको कोरना भाइरसका कारण त्यहाँ नयाँ वर्षमा कार्यक्रम नगर्न त्यहाँको सरकारले नागरिकलाई आग्रह गरिसकेको छ। चीनबाट नेपाल आएका विद्यार्थीको स्वास्थ्य परीक्षणका क्रमममा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…