कोरोना भाइरसका विरामी बचाउन एक हप्तामै हजार सैयाको अस्पताल बनाउदै चिन सरकार

नागरिकको स्वास्थ्य प्रति कति संवेदनशील छ चिनिया सरकार भनेर हेर्न विगत केहिदिन देखि महामारीकै रुपमा फैलिदै गइरहेको कोरोना भाइरस रोक्ने प्रयास र विरामीलाइ गरिएको संरक्षणबाट प्रष्ट थाहा हुन्छ। कोरोना भाइरसका कारण विरामी परेकाहरुबाट अन्य व्यक्तिमा सजिलै रोग नाफैलीयोस भन्दै चीनले वुहान राज्यमा एक सातामै एक हजार शैय्याकोको अस्ताल बनाउँदैछ। अतिखतारनाक कोरोनाभाइरस संक्रमितको उपचारका लागि चीनले एक सातामै हजार सैया अस्पताल निर्माण गर्न लागेको हो।

जंगली जनावरबाट मानिसमा सरेको कोरोनाभाइरसबाट शुक्रबारसम्म चीनमा २५ जनाको मृ त्यु भएको छ। चीनमा शुक्रबारसम्ममा आठ सयभन्दा बढी भाइरसबाट संक्रमित भएका सरकारी अधिकारीले जनाएका छन्। चीनको केन्द्रमा रहेको वुहान राज्यमा धेरै संक्रमित छन्। सरकारले वुहान राज्यमा यो भाइरस अघिल्लो वर्षको अन्त्यतिरबाट फैलिन थालेको विश्‍वास गरेको छ।

चिनियाँ संचार माध्यमलाई उद्धृत गर्दै सिएनबिसीले जनाएअनुसार अस्पताल शहरको बाहिरी भागमा निर्माण गर्न लागिएको हो। कामदारहरू छुट्टी मनाउने बगैँचाको ताल वरपर अस्पताल निर्माण गर्न लागिएको हो।

अस्पताल निर्माणका लागि स्थानीय कामदार खटिइसकेका सकेका छन्। अस्पताल निर्माणका लागि ३५ डिगर र १० बुल्डोजर बिहीबार राति नै पुगिसकेका छन्। निर्माणाधीन अस्पतालमा कोरोनाभाइरस संक्रमितहरूको उपचारका लागि आवश्यक सम्पूर्ण सुविधा हुने छ। यो ठाउँमा अस्पताल बनाउन लागत भने धेरै लाग्ने बताइएको छ।

नेपालमा पनि सतर्क रहनुको विकल्प छैन

चीनबाट सुरु भएको कोरोना भाइरस अहिले नेपालसम्म पुगिसकेको छ । हङकङ, थाइल्याण्ड लगायतका देशहरुमा तीव्र रुपले फैलिइरहेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृ त्यु हुनेको संख्या २६  पुगेको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले हाललाई स्वास्थ्य इमर्जेन्सी लागू गरिसकेको छैन ।

चीनको वुहानमा देखिएको नयाँ कोरोना भाइरस सर्पबाट मानिसमा सरेको पेकिङ्ग जर्नल अफ मेडिकल भाईरोलोजीमा अनुसन्धान प्रकाशित भएको छ । यो तथ्य सार्वजानिक भएसँगै आफू अचम्ममा परेको बताउँछन् डाक्टर शेर बहादुर पुन । ‘यो भाइरसबारे धेरै तथ्यहरु आइसकेको छैन, अहिले आएका तथ्यहरु अचम्ममा पार्ने खालका छन्’ डाक्टर पुन भन्छन्, ‘एकदम आक्रमक रुपमा फैलिएकाले अहिले केही भन्न सकिने अवस्था छैन ।’ चिनमा तिन करोड नागरिकलाइ विभिन्न सहरमा यात्रा गर्न प्रतिबन्ध लगाईएको छ।

जनावरबाट सर्ने भनिएको यो भाइरस अहिले मानिसबाट मानिसलाई सर्ने भनिएको छ । डाक्टर पुन भन्छन्, ‘यो भाइरस डरलाग्दोसँग फैलिएको छ, त्यसैले हामी पनि सतर्क रहनुको विकल्प छैन ।’

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…