एमसीसी सम्झौता राष्ट्र हित अनुकुल हुने गरी अघि बड्छ : अध्यक्ष दाहाल

नवलपरासी — पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले सुरु गर्ने एमसीसी सम्झौता राष्ट्र हित अनुकुल हुने गरी सम्झौता गरेर अघि बढाइने बताएका छन् ।

उनले अमेरिकासँग एमसीसीका बारेमा सरकारले पुनः संवाद गरेर त्यसलाई देशको हितमा हुनेगरी अघि बढाइने पनि बताए। संवाद अघि बढाउँदा केही परिमार्जन गर्नुपर्ने देखिए त्यसैबेला टुंगो लगाइने उनले दाबी गरे।

पार्टी एकिकरणका मूलभूत काम सकिएको जानकारी दिँदै नेकपाका अध्यक्षसमेत रहेका दाहालले पार्टीका केही नसकिएका प्रसंग र सामन्जस्यता चाँडो टुंगो लगाइने चरणमा काम भइरहेको बताए।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कार्यकर्ता प्रशिक्षणमा बोल्दै दाहालले शुक्रबार उक्त कुरा बताएका हुन्। राष्ट्रिय सभाको निर्वाचन परिणामले नेकपा देशकै ठूलो र शक्तिशाली पार्टी भएको उनले बताए।

दाहालले शुक्रबार नै देवचुली नगरपालिकामा रहेको भिमसेन आर्दश माविको स्वर्ण जयन्ती स्तम्भको अनावरण गरेका थिए।

आफू चितवनको प्रतिनिधि भएका कारणले चितवन र पूर्वी नवलपरासीको विस्तृत गुरुयोजना बनाएर अघि बढाउन आफू प्रयत्नशील रहेको पनि बताए।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…