काठमाडौंमा नेपाल र अमेरिकी सेनाबीच सैन्य अभ्यास हुँदै

काठमाडौं : सहरी वि द्रो ह सामना गर्ने विषयमा नेपाल र अमेरिकी सेनाबीच सैन्य अभ्यास हुने भएको छ। संभावित सहरी वि द्रो ह र त्यसले उत्पन्न गराउन सक्ने चुनौतिका विषयमा नेपाल र अमेरिकी सेनाका विशेष फौजबीच संयुक्त सैन्य अभ्यास हुने भएको हो।

आगामी फागुन ५ र ६ गते काठमाडौंमा हुने सैन्य अभ्यासमा (तालिम) नेपाली र अमेरिकी सेनाका विशेष फौज सहभागी हुँदै छन्। ‘ब्यालेन्स नेल’ नाम दिइएको सैन्य अभ्यास छाउनीस्थित महावीर गण (रेञ्जर)मा हुनेछ। उक्त सैन्य अभ्यासमा अमेरिकी सेनाका ९ जना र नेपाली सेनाका ३६ जना विशेष फौज सहभागी हुने सैनिक स्रोतले जनाएको छ। सहरी विद्रोहका अलाबा यो सैन्य अभ्यासमा मानव अधिकार, अन्तर्राष्ट्रिय मानवीय कानुन, लडाइमा घाइतेको उपचारपद्धतिलगायत विषयमा सैद्धान्तिक अनुभवको आदन प्रदान हुनेछ।

विभिन्न विषयका प्रशिक्षकसहित अमेरिकी विशेष फौज फागुन पहिलो साता काठमाडौं आउने छन्। नेपाल र अमेरिकी सेनाबीचका विशेष फौजबीच विभिन्न विषय केन्द्रित सै न्य अभ्यासहरू विगत लामो समयदेखि हुँदै आइरहेको छ। नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यासले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान गर्न सहयोग गर्ने छ।

नेपाली सेनाको अन्य सैनिक संगठनसँग सहकार्य गरी सैनिक कारवाही सञ्चालन गर्न सक्ने क्षमतामा समेत अभिवृद्धि गर्न विशेष सहयोग पुग्ने छ। संयुक्त तालिम÷अभ्यासबाट दुई देश बीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने नेपाली सेनाले बताउँदै आएको छ।

नेपाली सेनाले आफ्ना फौजलाई तयारी अवस्थामा राख्न विभिन्न मुलकका फौजबीच फरक फरक विषय केन्द्रित सै न्य अभ्यास तथा तालिम गर्दै आएको छ। सन् २०१८ मा ‘ब्यालेन्स नेल’ अन्तर्गत नेपाली र अमेरिकी सेनाबीच तीनवटा सैन्य अभ्यास भएका थिए। सन् २०१९ मा नेपाली र अमेरिकी सेनाबीच दुईवटा सैन्य अभ्यास भएका थिए। नेपाली सेनाले सैन्य कुटनीतिलाई बलियो बनाउन विभिन्न मुलुकका सैनिकसँग सैन्य अभ्यास गर्दै आएको छ। नेपाली र भारतीय सेनाबीच प्रत्येक वर्ष ‘एक्सरसाइज सूर्यकिरण’ हुँदै आएको छ। नेपाली र भारतीय सेनाबीचको उक्त सैन्य अभ्यास नेपाल र भारतका विभिन्न स्थानमा हुँदै आएको छ।

नेपाली र चिनियाँ जनमुक्ति सेनाबीच प्रतिआतंकवाद केन्द्रित सैन्य अभ्यास हुँदै आएको छ।

भर्खरै प्रकाशित

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…

नेपालको परराष्ट्र नीति : खतिवडालाई देखेका बाइडेन पनि अब अर्को…

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिक छवि कमजोर रहेको चर्चा बारम्बार हुने गर्छ । अरुको त के कुरा भूटानी शरणार्थीको सवालमा नै नेपाल भूटानसंग कुटनीतिक…