गोष्ठीमा सहभागी हुन अमेरिका गएकी उपमेयर उतै गायव

गोष्ठीमा सहभागी हुन अमेरिका गएकी कालिकोटको एक नगरपालिकाकी उपमेयर उतै ‘हराएकी’ छिन्।

अमेरिकामा आयोजित एक गोष्ठीमा नगरपालिका संघमार्फत् गएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली त्यहाँ गइसकेपछि कुनै खबर नगरेको तिलागुफाका मेयर रत्न बहादुर शाहीले जानकारी दिए।

उपमेयरले अमेरिका गोष्ठीमा सहभागी हुन आफ्नो नाम परेको भनेपछि नगरबाट स्वीकृति दिइएको तर गएपछि कुनै जानकारी नगराएको मेयर शाहीले बताए।

उपमेयर नेपाली गत कात्तिक महिनामा कार्यक्रममा भाग लिन अमेरिका गएकी थिइन्। उपमेयर अमेरिका पुगेपछि एक पटक मात्र टेलिफोन सम्पर्क भएको मेयर शाहीले बताए।
उनका अनुसार टेलिफोनमा उपमेयरले ‘आफू बिरामी भएकाले फर्किन नसकेको’ बताएकी थिइन्।

‘उहाँ गइसकेपछि एक पटक टेलिफोनमा कुरा भएको हो, त्यसबेला बिरामी छु भन्नुभएको थियो,’ मेयर शाहीले भने, ‘त्यसपछि कुनै जानकारी छैन।’

उपमेयर नहुँदा अधिकांश योजनाका भुक्तानी दिन समस्या भएको मेयर शाहीले बताए।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेकी नेपाली १ हजार ८४३ मत ल्याएर निर्वाचित भएकी हुन्। सेतोपटीबाट 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…