फाँ’सीको सजाय सुन्दा संसार बिर्सिए : दिमाग खालि भएको थियो, अब विवेक दाहाललाइ बचाउँछु

८ माघ, काठमाडौं । उमेश यादव दाह्री-कपाल काटेर चिरिच्याट्ट बनेका छन् । चिटिक्क मिलेको जुंगा राखेका छन् । खाडीको हावाले सेतै फुलाएको कपालमा कालो दलेका छन् । अनुहार फेसियल पनि गरेका छन् ।

यसैले उनको अनुहारमा चमक छ ।

उनले १३ वर्षपछि काठमाडौंको माटो टेकेका छन् । १८ दिनमा छाडेर गएका छोरा कस्तो भए होलान् ? तीन वर्षको जेठो छोराको त जुँगा आउन थाल्यो होला । श्रीमती के गर्दै होलिन् ? अनि आमा – बा कस्तो भए ! उनलाई देख्ने व्यग्र चाहना छ ।

तर उमेशलाई यो भन्दा बढी चिन्ता विवेक दाहालको छ, जसलाई साउदीको जेनरल को र्टले फाँ सी को सजाय सुनाइएको छ । ‘म जे ल बाट निस्कने भएपछि उसले दुई दिनदेखि खाना खाएको थिएन । आज विहान म सँग रुँ दै कुरा गरेको थियो । १४ वर्ष भइसक्यो उ जेल परेको’ उमेश भन्छन्, ‘उसका लागि म भोलि नै परराष्ट्र मन्त्रालय गएर उजुरी गर्छु । नेपालीलाई त्यसरी म र्न दिएर म कसरी खुशी हुन सक्छु र !’

यदि सरोज राय हुँदैनथे भने धनुषाका उमेश शायद फाँ सी मा चढिसकेका हुन्थे । पहिला दुई पैतला का टिन्थ्यो, अनि घाँ टी । अदा लतले यस्तै सजाय सुनाएको थियो ।

तर, पासा पल्टियो, बुधबार रातको दुई बजे ३८ वर्षका उमेशले नयाँ जीवन पाए ।

०००

मेनपावर कम्पनीलाई एक लाख ४० हजार रुपैयाँ बुझाएर उमेश २००७ मा साउदी अवर पुगेका थिए । काम थियो भवन निर्माण, तलव साढे पाँच सय रिअल ।

तर उनले तलव बुझ्नै पाएनन् ।

उमेश साउदी पुगेको एक महिना १२ दिन पुगेको थियो । १२औं दिनको चर्को घाममा उनले घरमा रङ लगाउँदै थिए । उमेशसँगै थिए उनीभन्दा सिनियर पाकिस्तानी मजदुर । उमेशले नम्बर प्लेट तिप्दै थिए, भर्‍याङ भुइँमा झर्‍यो ।

पकिस्तानीले एक मुक्का बजाइदिए । उमेशको पनि २५ वर्षे जोस । छेउमा पाइप थियो । उचारेल चार पटक हि र्का ए । उमेश चार दिनपछि गि र फ्ता र भए ।

यो घटना भएको १६ दिनपछि अस्पतालमा पाकिस्तानी नागरिकको मृ त्यु भयो । रियाद जे लमा चार दिन राखेर उनलाई जुवेल से न्टर जे ल पुर्‍याइयो, जुन जे लमा विवेक एक वर्ष अघिदेखि नै थिए । तर जब पाकिस्तानीको मृ त्यु को ख वर सुने । उमेशको हंशले ठउँ छोड्यो । नछोडोस पनि किन ? सबैले भन्थे, ‘मान्छे मा रे कोलाई मृ त्यु दण्ड नै दिन्छ ।’

उनी भन्छन्, ‘दुई वर्षसम्म बेहो सी नै थिएँ । नेपाल फर्किर्न्छु फकिन्नँ केही थाहा थिएन ।’

न खाना मिठो, न सुत्ने ठेगान । एउटा बेडमा चार जना सुत्नुपर्ने, त्यो पनि पालै पालो । उमेश भन्छन्, ‘दिमागका म र्ने बाहेक अर्को केही कुरा आउँदैनथ्यो । त्यसैले एउटा ट्याबलेट खायो ती न घण्टा  सु त्यो ।’

एक वर्षपछि उमेशलाई अ दा ल तमा हाजिर गराइयो । केही सोधेजस्तो गर्‍यो र कागजमा हस्ताक्षर गरायो । अनि फेरि जे ल ल्याइपुर्‍यायो । अर्को एक वर्षमा फेरि अ दा लतमा हाजिर गरायो । अ दाल तमा केही सोध्ने बाहेक केही काम भएन । बरु उनले त्यहाँ अ दाल तमा नेपाली भेटाए, जसले भाषा अनुवादको काम गर्थे ।

उमेशले भने, ‘हजुर, मेरो घरमा खबर पुर्‍याइदिनु न ! मसँग मोवाइल भएन ।’

उनले कतारका एक नेपालीको नम्बर दिए । र, घरसम्म सम्पर्क गराइदिए । दुई वर्षपछि उमेशका परिवारका सदस्यहरुले थाहा पाए कि छोरा जेलमा छ । थाहा पाएर के गर्नु ? भगवानसँग प्रर्थना गर्नुबाहेक गर्नसक्ने केही थिएन ।

उमेशलाई पनि परिवारका सदस्य र पत्नी सँग कुरा गर्न मन थियो तर घरमा मोवाइल छैन । उनका एक जना अंकल गाविस सचिव । उनै अंकलले चार वर्षपछि श्रीमतीसँग कुरा गराइदिए । श्रीमतीले रुँदै भनिन्-कसरी पुग्नुभयो तपाई जे ल मा ?

उमेशले जवाफमा सुक्क-सुक्क मात्र दिए । र, आँशु पुछ्दै आफ्नो धर्म निर्वाह गरे, ‘नआत्तिनु म एक महिनापछि फर्किन्छु ?’ मुकेशलाई श्रीमतीसँग कुरा गर्ने धित म रे का थिएन । तर उनको अगाडि आएर ठिंग प्रहरी उभियो । र, उसले ह त्क डी लगाएर कालो कोठामा को च्यो ।

जेलमा बस्दा उमेशसँग मोवाइल हुने कुरा भएन । उनकाअनुसार जे ल भित्र चो रीको मोवाइल किन्न पाइन्थ्यो तर धेरै महंगो । विदेश जाँदा लागेको ऋण त तिर्न सकेका छैन, कसरी मोबाइल किन्नु ? त्यसैले जे लर साथीको मोवाइल लिँदै बेलामौकामा घरमा फोन लगाउथेँ उमेश ।

दिन वित्दै गयो, उनले हरेश खाँदै गए । उपाय लाग्छ कि भनेर मृ त क पकिस्तानीको परिवारसँग पनि सम्पर्क गरे । दूतावासमा लगातार फोन गरिरहे । तर कसैले उनलाई सहयोग गरेन । त्यसैले जे ल मा ट्याबलेट खाने, तीन दिनसम्म लड्ने गरेर जुवेर जेलको जीवन गुजारे ।

२०१८ को एकदिन जनरल अदालतले उमेशलाई फाँ सी को सजा यँ सुनयो । त्यो पनि पहिला खुट्टा र हात का ट्ने अनि घाँ टी । किनकी उनलाई हरप्पा मु द्दा लागेको थियो । उमेशले संसार बिर्सिए । भन्छन्, ‘त्यतिबेला दिमाग खाली हुँ दो रहेछ । घर परिवारको पनि सम्झना आ उँदोर हेनछ ।’ मृ त्यू ध्रुव सत्य हो, तर पूर्वघोषितको मृ त्यु को खवरले मानिस कुन अवस्थामा पुग्छ होला ? यसलाई उमेशले शव्दमा व्यक्त गर्न सक्दैनन् ।

उमेश अब म म र्दैछु भन्ने खवरले जति आत्तिएका थिए, देश र नेपाली दूतावाससँग त्यत्तिकै आ क्रो शित थिए । उमेशले सबै आ क्रो श भिडियोमा पोखे, सहयोगको याचना गरे अनि कसैलाई फेसबुकमा राख्न लगाए ।

भिडियो भाइरल भयो । नेपालीहरु सहयोग गर्न चाहे । सरोज रायले पनि जनकपुरको एउटा पत्रिकामा समाचार देखे । मनमनै सोचे, यो मान्छेलाई छुटाउन पहल गर्छु ।’

सहयोग जुटाउन थाले, साउदी पुगेर नेपाली दूताबासको सहयोग लिए, न्याया धीश शसँग कुरा राखे । राय फेरि मृ त क पाकिस्तानी नागरिकको परिवार भे ट्न  पाकिस्तान पुगे । र, माफिनामा बनाए । सरोज भन्छन्, ‘म तीन पटकसम्म पाकिस्तान पुगेँ । पाकिस्तानी वकिल लगाएर परिवारलाई मनाएँ । अनि वकिलमार्फत ब्ल ड मनीको तीस लाख रुपैयाँ पीडितको परिवारलाई उपलब्ध गराएँ ।’

यो तीस लाख सरोजलाई मनकारी नेपालीहरुले जुटाइदिएका थिए ।

सरोजको दुई वर्ष लामो प्रयास बिहीबार विहान नौ बजे सफल भयो, जब उमेश त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिए । उमेश भन्छन्, ‘जे ल का साथीहरुबाट सय-पचास रियाल सहयोग उठाएर नेपाल आएको हुँ ।’

नेपाल टेक्दा उमेशको गोजीमा सात रियाल थियो । उमेशले जे ल मा आफूसँगै भएका पाँच जना नेपालीलाई छोडेर आएका छन् । केही दु र्घट नाका मु द्दामा जे ल बसेका छन् त कोही के मु द्दामा । उनी भन्छन्, ‘त्यहाँ जे ल परेपछि कसैले थाहा पाउँदैन । सहयोग गर्ने मान्छे भएन भने या त जीवनभर जे ल मा स ड्ने हो, या फाँ सी मा झु ण्डि ने हो ।’

जुवेल जे ल मा १२ जनाभन्दा बढी नेपाली रहेको बताउँछन् उमेश । भाषकै कारण कतिपय नि र्दो ष नेपाली जे ल मा छन् । ‘सरकारले चाहने हो भने विवेकलाई दुई महिनामा निकाल्नसक्छ । दामोदर क्षेत्री दुर्घ ट नाको मुद्दामा फ से को तीन वर्ष भइसक्यो । उनीहरुको विषय लिएर अब परराष्ट्र जान्छु ।’

उमेशसँग सम्पत्ति छैन । तर थोरै भएपनि आश छ, सरकारले केही सहयाग गर्छ कि ! उनीसँग इच्छाशक्ति र चाहना चाहिँ छ, जे लमा भएका साथीहरुलाई नेपाल ल्याउन ल ड्ने । उनी भन्छन्, ‘दूताबासले केही गर्दैन, हामी नलडेसम्म केही हुँदैन ।’  साभार : अनलाइनखबर 

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…