हराइरहेका ७ जना पर्यटकहरुको खोजी गर्दै नेपाली सेना

काठमाडौँ, ८ माघ । यही माघ ३ गते अन्नपूर्ण आधारशिविरको पदमार्गमा हराइरहेका ७ जना पर्यटकहरुको खोजी कार्य जारी रहेको छ ।

नेपाली सेनाको टोलीले हिमपहिरोमा परी ४ जना कोरियन पर्यटकहरु तथा ३ जना नेपाली गाईडहरुको खोजी गरिरहेको हो । नेपाली सेनाको पोखरास्थित श्री सेकेण्ड रेञ्जर गणका गणपति सहितको उद्धार टोलीद्वारा माघ ७ गतेदेखि खोजी कार्य जारी राखेको हो ।

उक्त उद्धार टोलीलाई नेपाली सेनाको ईक्वेरल हेलिकोप्टरद्वारा घटनास्थलबाट करिब २० मिनेटको पैदल दुरीमा अवस्थित देउराली भन्ने स्थानसम्म पुर्याएको थियो ।

खोज तथा उद्दार कार्यको लागि खट्टिएको नेपाली सेनाको उद्धार टोलीद्वारा कोरियन पर्यटकहरु हिम पहिरोमा परी पुरिएको भनिएको स्थानमा करिव छ मिटर गहिराईसम्म खन्दा पनि हालसम्म केही फेला नपरेको जनाएको छ ।

टोलीले नेपाली गाईडहरु पुरिएको भनि मार्क गरिएको सम्भावित स्थानमा समेत खोजी कार्य जारी राखेको छ । साथै हराईरहेका नेपाली गाईडका दुई जना आफन्तहरु समेतले उद्धार कार्यमा सहयोग गरिरहेका छन् ।

नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिईरहेको र थप जानकारी गराउने जनाएको छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…