दाङमा छ विश्वकै अग्लो त्रिसुल

घोराही उपमहानगरपालिका वडा नं. ५, धारपानी, दाङमा अवस्थित पाण्डवेश्वर महादेव धाम घोराही बजारदेखि दक्षिणतर्फ ९ किलोमिटरको दूरीमा पर्दछ । निजी सवारी साधन वा बस / अटोरिक्साबाट पुग्न सकिने उक्त स्थान सम्मको सडक पक्की समेत भएको छ । धारापानी पर्यटकीय एवं थार्मिक क्षेत्रको गन्तव्य बन्न थालेको छ। दाङको धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास हुन थालको धाममा विश्वकै अग्लो त्रिशुल राखेसँगै विभिन्न पूर्वाधारहरू निर्माण सुरु भएका छन्।

पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा राखिएको विश्वकै सबैभन्दा ठूलो भनिएको त्रिशूल हेर्न आउनेको संख्या पनि बढेकोछ। ‘पहिले भन्दा धेरै विकास भएको छ, यहाँ बाह्य तथा आन्तरिक पर्यटकहरू धेरै आउने गरेका छन् ।

दैनिक मन्दिर दर्शन गर्न र रमणीय वातावरण हेर्न पनि धेरै व्यक्ति यहाँ आउने गरेका छन्। यातायातको सुविधा र पाण्डवेश्वर महादेव धामसम्म जाने बाटोको कालोपत्रेसँगै पर्यटक पनि बढेको बताइएको छ। शिवरात्रि तथा साउन महिनाभरि यहाँ घुइँचो लाग्छ।

नजिकै सरयू गंगा, बबई नदी र वरपर हरियाली वातावरणले पर्यटकलाई आकर्षित गर्छ। पछिलो समयमा पर्यटन विकास लागि झण्डै थप रकमसहित गुरुयोजना बन्दैछ। यसअघि ७० करोडको गुरुयोजना बनाएर काम अगाडि बढाइए पनि त्यसमा केही छुटेकाले नयाँ पूर्वाधारलाई समेट्दै नयाँ गुरुयोजना निर्माणको तयारी भइरहेको छ ।

करिब ७० करोडको गुरुयोजना अन्तर्गतओम पोखरी, १०८ गौमुखी धारा लगायतका केही भौतिक संरचना निर्माण भइसकेका छन्। अब बन्ने नयाँ गुरुयोजनामा मन्दिरको उत्तरतर्फ करिब ४ विघा क्षेत्रफलमा तलाउ लगायत संरचना पनि तयार गर्ने योजना रहेको बताइएको छ।

त्यसैगरी सुनकोट डाँडोसम्म चार हजार ९६३ सिँढी, सुनकोटमा ३१ केजीको काँसको घण्ट निर्माण तथा मन्दिर वरपरको वन संरक्षण लगायतका काम हुने सचिव आचार्यले बताए। गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि बढाइने बताएको छ। प्रदेश नं ५ ले यहाँको विकासका लागि पाँच करोड बजेट समेत विनियोजन गरेको छ। योसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा यस क्षेत्र विकास हुने अपेक्षा समेत गरिएको छ। फोटो साभार : नयाँ युगबोध 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…