मिलन गुरुङ जस्तो चोर फटाहालाई झा’पड हानेर यत्तिकै छाड्नुहुन्न, गो’ली हान्नुपर्छ : दिपक मनाङे

पोखरा । पोखरामा मंगलबारदेखि सुरु भएको ‘मुख्यमन्त्री कप’ फुटबलमा विशेष अतिथिको रुपमा डाकिएका थिए गण्डकी प्रदेशका सांसद दीपक मनाङे । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए । मुख्यमन्त्री कप उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा थिए सबै । मुख्यमन्त्रीलाई स्वागतको तयारी चलिरहेको बेला सांसद मनाङले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झा पड हाने ।

आखिर मनाङ्गेले गुरुङलाई किन हात पात गरे त ? रातोपाटीले एन्फा कास्कीका अध्यक्षलाई झापड हान्नुको कारणबारे सांसद मनाङेसँग कुराकानी गरेको छ ।

मनाङेसँग​ गरेको कुराकानी जस्ताको तस्तै:

आजदेखि गेम सुरु भयो । कहाँ बस्ने ? कहाँ सुत्ने थाहा छैन । टाइसिट निकाल्दासम्म जिल्लाको अध्यक्षलाई थाहा छैन । भ्रष्टाचार बढेको छ । सिस्टम ब्रेक गर्ने हो । तपाईंले लेखेर गर्नुहुन्छ । म झा पड हानेर गर्छु ।

यो एकदम फटाहा रै छ । यसको स्वास्नी र बच्चा पाल्न एन्फा बनाएको होइन नेपालमा । यो फटाहाले अत्याचार गरिरहेको छ नेपालमा । फुटबलको नाममा पैसा आउने । यसको स्वास्नी र छोराछोरीलाई खुवाउने होइन ।

फुटबलको नाममा आएको पैसा यसले भ्रष्टाचार गरेको प्रमाण छ । प्रमाण भएरै तपाईंलाई भनेको हो । म काठमाडौंको सांसद भएको भए यी बच्चाहरुले कहाँ बस्थे कहाँ सुत्थे ? म पोखरा थिए र पो मैले मिलाए । बिचरा हिउँ परेको बाटोमा ८ दिनदेखि हिँड्दै बच्चाहरु गेम खेल्न आएका छन् ।

नेपालमा झापड त कमै हो, ‘‘आज मैले झा पड मात्र हाने तर यिनीहरुलाई गो ली हा न्नुपर्ने हुन्छ ।’ तर, के गर्ने हाम्रो गो ली हा न्ने निकाय छैन । सांसदको काम हो यो । आफ्नो प्रदेशमा राम्रो न राम्रो के गर्नुपर्छ मलाई थाहा छ । खासमा मेरो अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङलाई पनि झा पड हा न्ने प्रोग्राम थियो । अर्को ठाउँमा त यसले मेरो पि टाई खाइहाल्छ । यति धेरै चोरी चकारी गर्नेलाई मैले भेट्न नपरोस् । पूर्वअध्यक्ष गणेश थापालाई फेरेर ल्याएको यो राम्रो मान्छे भनेर हो । तर, यो त थापा भन्दापनि खतम देखियो ।

गेम ४ गते भनेर ७ गते सा¥यो । इन्फर्मेसन दिन पर्दैन यसले ? मेरो गाउँको मान्छे । आज म पोखरामा थिए । राम्रो भयो । म यहाँ नभएको भए प्लेयर्सहरुलाई कसले खुवाउँथ्यो ? कहाँ खाने कसले सुताउने ?

नेपालीको नाममा फिफाबाट पैसा खाने । यसको स्वास्नी र बच्चा हुर्काउने ? आठ दशवटा पत्रकारलाई पैसा खुवाएर राम्रो लेखाउने लगाउने । अतिथिमा पनि पोखराको काम न काजको मान्छेलाई २० देखि २५ हजार खाएर ल्याउने ।

मलाई विशिष्ट अतिथि रे । मेरो केही काम छैन विशेष अतिथिमा बस्ने ? विशेष अतिथि पनि ५० हजार लिने र त्यसलाई बनाउने । पैसा खाएर अतिथि बन्ने मान्छे म होइन । पैसा खाएर बिक्ने होइन । म माननीय हो । मैले एक्सन नलिए कस्ले लिने ? झापड हान्ने अधिकार मसँग छ ।

मुख्यमन्त्री कप गाउँमा गराउने ? मनकामना कप रंगशालमा ? मुख्यमन्त्री कप भनेको के हो ? पृथ्वीसुब्बा गुरुङको लागि लडेको होइन म । भोलि कुल्लिको छोरा पनि मुख्यमन्त्री हुनसक्छ । मैले मुख्यमन्त्री पदको लागि ल डेको हो । मुख्यमन्त्री कप भनेपछि रंगशालमा हुनुपर्छ । सैनिक गाउँमा होइन ।

यो जस्तो चोर फटाहालाई यत्तिकै छा ड्नुहुन्न । म जिन्दगीमा भ्रष्टाचार गर्दिन । ‘भगवान कसम, आमाबाबु कसम खाएर भन्छु म भ्रष्टाचार गर्न सांसद बनेको होइन । आफ्नो पैसा खर्च भएको छ । तर, भ्रष्टाचार गरेको छैन ।’ एक दुई जनालाई पैसा खुवाएर यो हि रो बनेको छ । मुख्यमन्त्रीको बेइज्जत हुुनुभएन । भ्रष्टाचारीलाई प्रत्येक जिल्लामा झा पड हा न्नु पर्ने । यहि ताल हो भने सबैले झा पड खान्छन् । साभार: रातोपाटीबाट 

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…