महरापछि प्रचण्डका विस्वासीला पात्र साप्कोटा, यसरी बने प्रचण्डकै विशेष पहलमा सभामुख

काठमाडौं : सत्तारुढ नेकपाका नेता अग्‍नि सापकोटा सभामुखमा निर्विरोध भएका छन्। मंगलबार उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्‍का भएको हो।

तर, यसको औपचारिक घोषणा भने माघ १२ गते हुनेछ। १२ गते बस्‍ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ। त्यसपछि उनले सभाको अध्यक्षता गर्ने छन्।

संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यक्रम सार्वजनिक गरेको थियो। नेकपाबाट नेता अग्‍निप्रसाद सापकोटाले संसद् भवन बानेश्वरमा पुगेर बिहान मनोनयन दर्ता गराएका थिए। यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने र समर्थन पनि कसैलाई नगर्ने निर्णय गरेको थियो।

ब लात्कार प्रयासको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ। सभामुख चयनमा नेकपाभित्रको आन्तरिक भागबन्डाको विवा दका कारण झन्डै चार महिनापछि मात्र संसद्ले सभामुख पाएको हो। कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिने गरिन्छ। तर सभामुख चयनको किचलोले झन्डै एक महिनादेखि संसद अधिवेशन बन्धक बनेको छ।

नेकपाभित्र लामो विवाद र खिचतानीपछि आइतबार मात्र सभामुखका लागि अग्‍नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख चयन हुन नसक्दा ‘बिजनेस’ मा प्रवेश गर्न पाएको छैन। सभामुख चयनमा सहमति जुटाउन पटकपटक भएका प्रयास असफल भएपछि संसद्को बैठक सूचना टाँगेर स्थगित हुँदै आएको थियो।

प्रचण्डका विश्वास पत्र 

आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सापकोटा प्रचण्ड निकट मानिन्छन्। सभामुखका लागि सुवास नेम्वाङ, डा. शिवमाय तुम्वाहाङ्फे, पम्फा भुसालको नाम चर्चामा रहे पनि प्रचण्डकै विशेष पहल र प्रस्तावमा उनी सभामुखको उम्मेदवार बनेका हुन्।

सापकोटा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र हुन् । ०५१ सालमा तत्कालीन नेकपा माओवादीले जनयु द्ध सुरु गर्दादेखि सापकोटाले प्रचण्डको साथ छाडेका छैनन् । माओवादीले जनयु द्ध सुरु गर्दाका केन्द्रीय सदस्यमध्ये सापकोटा एक हुन् । १० बर्षे सश स्त्र जनयु द्ध, शान्ति प्रक्रिया, शान्ति प्रक्रियापछिको पार्टी टुटफुटमा उनी प्रचण्डलाई छोडेर कतै लागेनन् ।

यसअघि सापकोटाले तत्कालीन माओवादी केन्द्रको प्रवक्ताको भूमिकासमेत निर्वाह गरे । झलनाथ खनाल प्रधानमन्त्री हुँदा सापकोटा सञ्चार मन्त्री भए । ०७३ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सापकोटा वन तथा भूसंरक्षण मन्त्री थिए । उनले अहिलेसम्म दुईपटक मन्त्री हुने अवसर पाएका छन् ।

प्रचण्डले ०५८ सालमा सरकारसँगको दोस्रो वार्तामा सापकोटालाई पनि पठाएका थिए । तीन सदस्यीय वार्ता टोलीमा कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी पनि थिए । तीन सदस्यीय टोलीका एक महरा यसअघि सभामुख थिए । पुर्वसभामुख महरा पनि प्रचण्डलाइ विस्वासमा लिन सफल रेहका कारण धेरै पटक मन्त्रि भएका थिए।

 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…