भ्रमण वर्षको खराव सुरुवात : मकवानपुरको एक रिसोर्टमा बसेका ८ भारतीय पर्यटकको मृ’त्यु

७ माघ, काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेको सनाखत भइसकेको छैन ।

मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए ।

लगत्तै अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना भारतीय पर्यटकलाई कैलाश एयरको हेलि’कप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको पालुङका प्रहरी निरीक्षक विकास तामाङले बताए ।

उनले भने, ‘यहाँबाट हेम्स अस्पतालमा पठाइएको थियो ।’ अस्तपालका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृ’त्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले पनि अस्पताल स्रोतलाई उदृत गर्दै अचेत भेटिएका सबै विदेशी पर्यटकको मृ’त्यु भइसकेको बताए । उनले भने, ‘पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको छ ।’

मृ’त्यु हुनेहरुमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीय बालक अभि, ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीया बद्रा रहेको प्रहरीले जनाएको छ । उनीहरुको पूरा नाम भने खेलेको छैन ।

प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सु’तेका कारण नि’सास्सिएर उनीहरुको मृ’त्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृ’त्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ प्रहरीको भनाइ छ ।

नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष गरी ८ जना एउटै कोठामा सुतेका थिए ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…