छाउगोठ भत्काएपछि महिलाहरु झन असुरक्षित महिला, ओडार र त्रिपालमुनी बस्न बाध्य

बाजुराको हिमाली गाउँपाालिका–२ बस्ने रामकला बुडथापा छाउपडी गोठ बस्न लागेको १४ बर्ष भयो। महिनावारी भएको समय देखिनै उनी घर अलग्गै गोठमा बस्दै आएकी थिइन्। तर गाउँका अगुवा महिलाले छाउपडी गोठ भत्काएपछि अहिले महिनावारी भएको बेला उनी झन असुरक्षित भएकी छिन्।

गाउँलाई छाउपडि गोठ मुक्त घोषणा गर्नका लागि गाउँका अगुवा महिलाहरुले गोठ भत्काइदिए पछि आफु गाँउ नजिकै रहेको ओडारमा बस्दै आएको गुनासो उनको छ। उनी जस्तै गाउँका अन्य महिला पनि छाउपडी गोठ भत्काएपछि कोही त्रिपालमुनी बस्दै आउका छन् भने केहीले जंगलको ओडार रोजेका छन्।

‘गोठ भत्काउने अभियान थालिएपछि महिलाहरु झन समस्यामा परेका छन्, पहिला गोठमा बस्दा त्यति समस्या थिएन्। अहिले ओडार र पालमा बस्दा झन समस्या भएको छ।’ बाजुराकी एक महिलाले भनिन्।

जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्वर ९ पाण्डुसेनमा २०७५ पुस २४ गते छाउगोठमा अम्मा बोहारा र उनका दुई छोराको ज्यान गएपछि जिल्लामा छाउगोठ भत्काउन सुरु गरिएको थियो। स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, प्रशासन, नागरिक अगुवाहरुको उपस्थितीमा छाउगोठ भत्काउने अभियानको थालनी भयो।

तर छाउगोठ भत्काएपछि अहिले महिनावारीको समयमा ओडार र पालमुनी बस्न बाध्य भएका छन्। मंसिरमा अछामको साफेबगर नगरपालिका ३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृ त्यु भएपछि छाउगोठ भत्काउने अभियाले झनै तिव्रता पायो।

अछाम जिल्लामा मात्रै दुई हजार बढि छाउगोठ भत्काईएको छ भने सुदूरपश्चिमका सबै जिल्लामा पनि छाउगोठ भत्काईएको छ। तर छाउगोठ भत्काईएपछि अहिले महिलाहरु झनै असुरक्षित भएका हुन्। यो खबर प्रकाश सिंहले दिनेश खबरका लागि लेख्नु भएको हो। 

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…