यी हुन् विश्वप्रख्यात व्यक्ति जसको टाउकाको मूल्य यतिधेरै तोकिएको थियो

भनिन्छ मानव जीवनको मूल्य हुदैन। न यसलाई खरिद गर्न सकिन्छ न बेच्न नै सकिन्छ। तर राजनीतिमा मूल्य तोक्ने गरिएका कैयन इतिहास छन् । कुनै देशले आफ्नो प्रति’द्वन्दी देशका नेता तथा सत्ता पक्षले आफ्ना विरुद्ध लागेका पात्रलाई भौतिक रुपमा सि’ध्याउने अभियानमा टाउकाको मूल्य तोकिने गरेका हुन् ।

हालै इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य तोकेको छ। अमेरिकाले पनि विविभन्न देशमा आफ्नो वि’रुद्ध उभिने व्यक्ति तथा संस्थाका प्रमुखहरुको टाउकाको मुल्य तोक्दै आएको छ। अमेरिकाले  ९ वर्षअघि पाकिस्तानका नेता हाफिज सइदको टाउकाको मूल्य एक करोड अमेरिकी डलर घोषणा गरेको थियो । उनलाई मुम्बइ सहरमा शृं’खला’बद्ध आ क्रमण र उग्र वादी गतिविधिको आ रोप लगाइएको थियो ।

भारत सरकारले पनि माओवादीका एक नेताको टाउकाको मूल्य दाउद इब्राहिमको भन्दा १० गुणा बढी तोकेको थियो । भारतीय माओवादी नेता मुपल्ला लक्ष्मण राव उर्फ गणपतिको टाउको ल्याउनेलाई भारु २ करोड ५२ लाख अर्थात् ३ करोड ७८ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको थियो । टाउकाको मूल्य तोकिएका विश्वमा प्रशस्तै उदाहरण छन्  तिनमा केही विश्वप्रख्यात व्यक्तित्वहरु यस्ता छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प : ९ अर्ब 

अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको मृ’ त्यु भएपछी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य ८० मिलियन डलर झण्डै ९ अर्ब नेपाली रुपैयाँ तोकिएको छ। त्यसका लागि इरानीले दान गरेर रकम उठाउने इरानी अधिकारीले बताएका छन् ।

सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको थियो। ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ ।

अबु बकर अल बगदादी :  तीन अर्ब

इस्लामिक स्टेटका नेता अबु बकर अल बगदादीको टाउकाको मूल्य झण्डै तीन अर्ब नेपाली रुपैयाँ बराबर तोकिएको थियो । हाल बगदादीको मृ’त्यु भैसकेको भएता पनि अमेरिकी विदेश मन्त्रालयले बगदादीबारे सूचना दिने वा प क्राउ गर्ने वा उनलाई मा’र्नेलाई उक्त रकम बराबरको पुरस्कार घोषणा गरेको थियो ।

दुई करोड ५० लाख अमेरिकी डलर टाउकाको मूल्य तोकिएका बगदादी अन्तमा २६ अक्टोबरमा सिरियामा मा रिए । इराक, सिरियालगायत अरब देशहरुलाई एउटै देश बनाउने घोषणासहित आइएस गठन भएपछि इराकमा जन्मिएका बगदादी त्यसको नेता भएका थिए । उक्त समूहले इराक, सिरियालगायत मध्यपूर्वका धेरै देशहरुमा प्रभाव बनाइसकेको थियो । बगदादी मा रिएपछि अब यो संगठनको भविष्य के हुने हो हेर्न बाँकी छ ।

 किम जंग-उन :  १० करोड

उत्तरकोरियाल शासक किम जंग-उनको ह त्या गर्नेलाई  १ मिलियन अमेरिकी डलर पुरस्कार दिने भन्दै  एक उत्तर कोरियाली महिलाले सन् २०१७ मा चन्दा संकलन अभियान थालेकी थिइन। उत्तर कोरियाको जे लमा ८ वर्ष जे’ल जीवन विताएर भाग्न सफल रहेकी उनले विश्वमा शान्ति अमन चयन ल्याउन उत्तरकोरियाली तानाशाहको मृ त्यु अनुवार्य रहेको बताउदै आएकी थिइन्। हाल दक्षिन कोरियामा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएकी ५५ वर्षेली डाक्टर एइ-रन उत्तर कोरियाको चरम या’तनापूर्ण ८ वर्षे जे’ल जीवन भोगेकी थिइन् ।

हम्जा ओसामा बिन लादेन : १० करोड 

ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको हाल मृ त्यु भइसकेको छ। त्यसको पुष्टि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए। हम्जाका पिता ओसामाको नि धन पश्चात अमेरिकाप्रति उनले ड’रलाग्दो वयान दिएपछि अमेरिकाले उनको टाउकाको मूल्य तोकेको थियो हमजाको जानकारी दिने व्यक्ति र समूलाई २ फरबरी २०१९ मा संयुक्त राज्यले अमेरिकाले करिब दश लाख डलरको उपाधि दिने निर्णय गरेको थियो। अद्यापि ट्रम्पको सुरुवाती कार्यकालमै हम्जा मारिएको जनाएएको थियो । जसको अधिकारिक रुपमा पुष्टि नभएपछि उक्त पुरस्कार घोषणा गरिएको थियो । विभिन्न आ तंकवादी समूहहरूको योजना र व्यवहारको लागि जिम्मेवार रहेको आरो’पमा उनी मा-रिएको भनिएपनि अन्य विवरण अझै खुलाइएको छैन ।

बसर अल असाद : ६ करोड 

सिरियाका राष्ट्रपति बसर अल असादलाइ कुनैबेला साउदी अरबले ५ लाख अमेरिकी डलर बराबरको टाउकाको मूल्य तोकेको थियो। आफ्नै देशका नगरीको क ‘त्लेआम गरेको भन्दै साउदी अरबले असादको टाउका ल्याउनेलाई ५ लाख डलर दिने घोषणा गरेको थियो। यद्यपि असादको टाउको मूल्य साउदी अरब  मात्रैले तोकेको थिएन। सन् २०१२ मा फ्री सिरियन आर्मी (एफएसए) ले बसर अल असाद उपर २५ मिलियन डलर अर्थात २ अरब ८२ करोड रुपैयाँ बराबरको मूल्य राखिएको थियो।

नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’  : ५० लाख

नेपाली क्रा’न्तिकारीका नायक पुष्प कमल दाहाल प्रचण्डको पनि कुनैबेला टाउका मूल्य तोकिएको थियो। जव प्रचण्डले ब’न्दुकबाट सत्ता कब्जा गर्ने भन्दै क्रान्तिको बाटो समाते तव २०५८ साल मंसिर ११ गते देशमा संकटकाल लाग्यो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भुमिगत माओवादीलाई आ तंककारी घोषणा गर्यो । प्रचण्डसहितका नेताको मूल्य तोकियो ५० लाख । त्यतिबेला ५० लाख भनेको अहिले करोडौंको बराबर हो । झोलामा टाउको हालेर ल्याउने बोरामा पैसा लिएर जाने भन्ने भनाइ उहिले निकै चर्चित थियो ।

समयले कोल्टे फेर्न समय लाग्दो रहेनछ । त्यसको ७ बर्षपछि प्रचण्ड प्रधानमन्त्री भए । प्रचण्ड काठमाडौं आएपछि झण्डै १० बर्ष प्रचण्डकै टाउकाको मूल्य तोक्ने देउवा राजनीतिमा निष्प्रभावी जस्तै रहे।  कुनैबेला प्रचण्डको टाउको मूल्य तोक्ने शेरबहादुर देउवा अहिले पनि गुमनाम छन् तर, प्रचण्ड नेपालकै सबैभन्दा ठुलो पार्टी नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष भएर देश र पार्टी दुवै चलाईरहेका छन्।

भर्खरै प्रकाशित

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…