ट्राफिम नियम मिचेको भन्दै नेपाल प्रहरीकै गाडीमा ‘ह्विल लक’

काठमाण्डाै – ट्राफिक प्रहरीले ट्राफिम नियम मिच्ने नेपाल प्रहरीकै गाडीमा ‘ह्विल लक’ गरेको छ । अनामनगरको आप्का हाउस अगाडी सडक छेउमा पार्किङ गरेको ना १ झ १४२५ नम्बरको नेपाल प्रहरीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरिदिएको हो ।

‘ह्विल लक’ गरेको गाडीलाई चिट काटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । ट्राफिक प्रहरीले यसअघि पनि नेपाल प्रहरीका डीआइजीको गाडीमा ‘ह्विल लक’ गरेको थियो ।

‘ट्राफिक नियम मिच्नेको पद र अनुहार हेरिन्न, नियम अनुसारको कारबाही भोग्नैपर्छ’ महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्ष भीम ढकालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘सोर्स फोर्स भन्ने कुरा नसोचे हुन्छ, ट्राफिक प्रहरीले आफ्नो ड्युटी निभाउछ ।’

उहाँले अहिले काठमाण्डाै उपत्यकामा अनाधिकृत पार्किङ र लेन अनुशासनमा निकै कडाइ गरिएको र ट्राफिकको आँखा छलेर नियम मिच्नेलाई सीसीटीभी फुटेजको आधारमा कारबाही भैरहेको पनि जानकारी दिनुभयो ।

तश्बिर : सूजन ढुंगानाको ट्वीटबाट

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…