सुँगुरलाई बन्जी जम्प गराएपछ, सुँगुर अर्धचेत अवस्थामा

बेइजिङ — चीनको एउटा ‘थिम पार्क’मा सुँगुरलाई बन्जी जम्प गराएपछि सामाजिक सञ्जालमा कडा आलोचना भएको छ । दक्षिण पश्चिम चीनको चोङकिङमा रहेको पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि सुँगुरलाई बन्जी जम्प गराएपछि त्यसको व्यापक आलोचना भएको हो ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ६८ मिटरको उचाइबाट सुँगुरलाई डोरीले बाँधेर बन्जी गराइएको देखिन्छ । सुँगुर पीडाले कराइरहेको छ, वरपर रहेका मानिसहरु भने आनन्द मानेर हाँसिरहेको दृश्यमा देखिन्छ ।

तर अर्धचेत अवस्थामा पुगेको सुँगुरलाई त्यसपछि वधशालामा लगिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सुँगुरको तौल ७५ किलोग्राम रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार चोङकिङको मेक्सिन रेड वाइन टाउनमा नयाँ बन्जी जम्पको प्रवर्द्धनका लागि सुँगुरको प्रयोग गरिएको हो । पर्यटन प्रवर्द्धनका लागि सुँगुरमाथि अमानवीय व्यवहार गरेको भन्दै स्थानीयले आलोचना गरेका छन् ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले सुँगुरको प्रयोग मार्केटिङ स्टन्ट भएको भन्दै लेखेको छ, ‘जनावरसँग गरिएको यो अत्यन्तै दुःखद व्यवहार हो । यो निकै घिनलाग्दो मार्केटिङ आइडिया हो ।’ ग्लोबल टाइम्सले ‘सुँगुर ठीक भएको र स्टन्ट गराउने मान्छे बेठीक’ भएको पनि लेखेको छ ।

जनावरहरुमाथि गरिने अत्याचारमा चीनमा कुनै कारबाही हुने गरेको छैन । तर केही वर्षदेखि पशुअधिकारका पक्षमा आवाज भने बढ्दै गएको छ ।

व्यापक आलोचना भएपछि थिम पार्कले माफी मागेको छ । ‘हामी नागरिकको आलोचनालाई स्वीकार गर्दै माफी माग्न चाहन्छौँ । हामी पर्यटकीय क्षेत्रको मार्केटिङमा सुधार गर्नेछौँ ।’

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…