प्रहरीले आश्थालाइ मानसिक कमजोर बनाउनुको साटो सचेत र परिपक्व बनाउनु पर्छ : गायक खरेल

काठमाडौँ । गायिका आस्था राउतविरुद्ध प्रहरीले प क्राउ पुर्जी जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतवि रुद्ध आइतबार प क्राउ पुर्जी दिएको हो । जसअनुसार राउत काठमाडौँ आउनेबित्तिकै प्रहरीले प क्राउ गर्नेछ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चे कजाँचका क्रममा प्रहरीले अ भद्र व्यवहार गरेको भन्दै राउतले सामाजिक सञ्जालमार्फत आक्रो शपूर्ण भिडियो लाइभ गरेकी थिइन् ।

उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्य वहार मु द्दा दर्ता गरेपछि उनलाई पक्रा उ परेर अनुसन्धान गर्न प क्राउ पुर्जी जारी भएको हो ।

आस्थालाई प क्राउ पु र्जी जारी भएपछि सामाजिक सञ्जालबाट कलाकर्मीले आस्थाको पक्ष र विपक्षमा आफ्ना धारणाहरु सार्वजनिक गरिहेका छन् ।

नेपालमा गीत सङ्गीतसम्बन्धी दर्जनौँ सङ्घसंस्था पनि छन् । तर आस्थाको विषयमा कुनै पनि सङ्घसंस्था अहिलेसम्म बोलेको अवस्था छैन ।

यही विषयलाई लिएर चर्चित गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् । उनले एक स्टाटस लेख्दै आस्थाको बारेमा बोल्ने कुनै सङ्घसंस्था नभएको गुनासो गरेका हुन् ।

प्रमोद आस्था कोच रहेको रियालटी सो दि भ्वाइसका कोच पनि हुन् । उनले आस्थालाई प क्राउ गर्ने अनुमति प्रहरीले पाइसकेको अवस्थामा गीतसङ्गीतको क्षेत्रमा धेरै सङ्घसंस्था हुँदा पनि कसैले एक शब्द आवाज उठाउन नसकेको देख्दा कुनै पनि सङ्घसंस्था नभएको महसुस भएको बताएका हुन् ।

यस्तो छ गायक प्रमोद खरेलको स्टाटस : जस्ताको तस्तै 

प्रसंग
गायक गायिका को विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भयो हाल आएर । सेतुराम देखि आजको दिनसम्म को इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शुन्य नै रहेको आभाष भयो अहिले ।
केहि दिन देखि चर्चा मा रहेको आस्था राउत प्र करण मा सकारात्मक वा नकारात्मक ,( समर्थन वा आलोचना, ) कुनै पनि टिप्पणी गर्ने गायक गायिका को संस्था नहुदा करोडौ श्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ।

अब विषय तिर लागौ #आस्था_प्रकरण

गएको केहि दिन बाट सामाजिक सन्जालमा भाइरल यो प्रकरण ले आश्था राउत लाइ प क्रने आदेश दिएको छ। जहॉ सम्म लाग्छ , यो निर्णय बाहिरिएको सिसिटिभी फ़ुटेज भन्दा पनि उनले फ़ेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरु हरु नै हुन। जुन आफैमा केहि अस्वाभाविक र कलाकार लाइ असुहाउदा नै छन, र देशमा कर्तव्य निर्वाह गर्ने प्र हरी का लागि निश्चय नै आपत्तिजनक हुन दुइमत छैन। जुन बारे स्वयम् आश्था ले नै स्विकार गरी माफ़ी मागीसकेकी छिन। तर माफ़ी ले नपुगेरै होला प्रहरी ले अनुसन्धान का निम्ति प क्राउ आदेश जारी गरेको र आस्थाले सिक्किम बाटै प्रहरी लाइ सहयोग गर्ने बताइसकेकी छिन। सिसिटिभी फ़ुटेज मा अडियो छैन, दुवैले के बोले थाहा छैन। जहॉ दुवैको दोष हुन सक्छ, प्रहरी को चेकिंग मा सहयोग नगर्ने आश्था को कमजोरी हो दुइ मत छैन, तर प्रहरी ले पनि आस्था सँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ , उनि बिनाकारण नै रिसाइन त ?? पक्कै पनि होइन। दिनभर डुयटि ले थकान भएर प्रहरी ले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्ति को प्रतिशत जति जति भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ एक पक्षिय हैन यदि अघि बढ्ने नै हो भने।

तर ….. ….
आम नागरिक को प्रहरी प्रति को विश्वस्वनियता , नागरिक प्रति प्रहरी को हातेमालो, अझ विगत देखि नै कलाकार लाइ प्रहरी ले र प्रहरी लाइ कलाकार ले गर्ने व्यवहार पवित्र छ। एकाध व्यक्तिगत घटना लाइ समग्र कलाकार र समग्र प्रहरी क्षेत्र जोडनु जोडाउनु दुर्भाग्य हुनेछ । सामाजिक सन्जाल मा कलाकार र प्रहरी का पक्ष विपक्ष हुदै धुर्विकरण तिर जाने र इख बटुलेर अघि बढने हो भने त्यसले दीर्घकालीन फ़ायदा गर्दैन।
आस्था यस घटना बाट विक्षिप्त पक्कै छिन, आम नागरिक सरह नै उनले पनि दण्ड भोग्लिन नै, यसमा प्रहरी र निर्णय कर्ताले नै टुंगो लाउलान । वा सामान्य पुछताछ पछि घटना सकिएला । र आश्था ले सार्वजनिक रुपमा माफि माग्दै घटना को द इन्ड गर्लिन। अब आश्था लाइ थप मानसिक कमजोर बनाउनु को सट्टा सचेत र परिपक्व बनाउनु पर्छ प्रहरी ले , यस्ता घटना नदोहोरिने वातावरण बनाउनु पर्छ । प्रहरी लाइ नि हामीले काम गर्ने वातावरण बनाइ दिनै पर्छ। केहि समय मा नै आस्था र प्रहरी जवान रमिता को हात मिलाइदै गरेको हँसिलो तस्वीर सामाजिक सन्जाल मा देख्न पाइयोस, ।
घन्यवाद

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…