के तपाइको सुत्नेबेला यसरि मोबाइल चलाउने बानि छ ? सावधान ! हुनसक्छ यस्तो समस्या

काठमाडौं । मोबाइल फोन हाम्रो जीवनको अत्यन्तै महत्वपूर्ण हिस्सा बनिसकेको यथार्थ हो। हामी मोबाइल फोन विना एकदिन पनि समय वेतित गर्न सक्दैनौं। हामीले दिनहुँ गर्ने हरेक क्रियाकलाप मोबाइल फोन र इन्टरनेटसंग सम्बन्धित छन्। आजभोलिका आधुनिक स्मार्टफोनले त झन् हाम्रो दैनिकीलाइ नै सहझ तुल्याईदिएका छन्।  हामीलाइ अध्याधिक मोबाइल फोनको प्रयोग गर्ने बानि बसिसकेको छ।

मोबाइल फोन विशेष त फुर्सदको समय सुत्नेवेलामा धेरै मोबाइल चलाउनु स्वास्थ्यको हिसाबले अत्यन्तै नकारात्मक मानिने विभिन्न तथ्यहरुले देखाएको छ। अन्यसमय को तुलनामा सुत्नेबेला मोबाइल फोन चलाउँदा हुने नकारात्मक प्रभावहरु यस्ता छन्।

१. आँखा कमजोर हुनु

राति स्मार्टफोन चलाउँदा मानिसको आँखामा नकारात्मक असर पर्नजान्छ । रातिको समयमा स्मार्टफोनबाट आउने प्रकाश निकै तेजिलो हुन्छ, यसबाट स्वास्थ्यसम्बन्धी अन्य समस्याहरु देखिनसक्छ । एक अध्यनका अनुसार अन्य समस्य भन्दा सुतेर मोबाइल चलाउनु आँखा सुरक्षाका लागि नकारात्मक मानिन्छ।

२. निद्रा नलाग्नु

राति स्मार्टफोन चलाउने बानीले मानिसको शरीमा उत्पादन हुने मिलेटोनिन हर्मोनमा नराम्रो असर पार्छ । यो हर्मोन मानिसको निद्राको लागि आवश्यक हुन्छ । यस्तोमा राति स्मार्टफोन चलाउँदा यो हर्मोन पनि कम हुँदै जान्छ र निद्रा आउँदैन । सुत्नेबेला लामो समस्य मोबाइल चलाए यो समस्या दिर्घकालिन बन्दै जान्छ।

३. क्यान्सरको जोखिम

राति स्मार्टफोन चलाउँदा क्यान्सरको जोखिम हुन्छ र ? धेरैलाई पत्यार नलाग्न पनि सक्छ तर स्मार्टफोनबाट निस्किने ब्लुलाइटले मिलेटोनिन हर्मोनको प्रभावित गर्छ । यो हर्मोनले एन्टि अक्सिडेन्ट प्रोपर्टीहरु हुन्छन्, जुन क्यान्सरका जीवाणुहरुसँग लड्का लागि सहायक हुन्छ । यो हर्मोन कम हुँदै जाँदा मानिसहरुमा स्तन तथा प्रोस्टेट क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

४. स्मरणशक्ति कमजोर

राति धेरै स्मार्टफोन प्रयोग गर्ने बानीले मानिसको दिमागका साथै स्मरणशक्तिमा असर पर्नसक्छ । राति लामो समयसम्म स्मार्टफोन चलाउने बानीले मानिसको निद्रामा असर पर्छ, निद्रा पूरा हुन पाएन भने त्यसको असर मस्तिष्कमा बग्ने रगतमा पर्नसक्छ ।

५. छटपटी

राति लामो समयसम्म स्मार्टफोन चलाउँदा निद्रा पूरा हुँदैन र आराम मिल्दैन भने छटपटी हुनु स्वाभाविक हो । यस किसिमको छटपटीले अन्य समस्याहरु पनि निम्त्याउन सक्छ ।

६. डिप्रेसन हुने सम्भावना

राति सुत्ने समस्यामा स्मार्टफोनको प्रयोग गर्ने बानीले तनाव बढ्नुका साथै डिप्रेसन हुने सम्भावना पनि बढाउँछ । सामान्यतयाः मानिसमा निराशा छाएपछि मानिसहरुलाई डिप्रेसनले आक्रमण गर्छ । यस्तोमा राति लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्दा कुनै नयाँ अपडेट नआएको खण्डमा मानिसहरुमा निराशा छाउँछ र यसले डिप्रेसनलाई जन्म दिन्छ । (एजेन्सी)

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…