मैले एमसीसी ठिक छ भनेको छैन, मिडियाले मेरो भनाइ बंग्याईदिए

काठमाडौं, ५ माघ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग विकास र सहयोग सम्बन्धी नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) का बारेमा पत्रकारहरुले आफ्नो भनाईलाई बङग्याएर प्रचार गरेको बताएका छन् । राष्ट्रिय सभाको चुनावी प्रचारका क्रममा बाग्लुङ पुगेका श्रेष्ठले आइतबार बिहान प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसिसिका विषयमा अहिले दुबै तर्कमा अतिवाद रहेको भन्दै आफ्नो भनाइलाई नबंग्याईदिन पत्रकारलाई आग्रह गरे।

उनले आफूले कुनै पनि विषयको राष्ट्रिय हितमा निर्णय लिनुपर्छ भनेर बोलेको भएपनि एमसिसिलाई राष्ट्रिय हितमा कार्यान्वयन गर्नुपर्छ भनेर जसरी प्रचार गरिएको छ त्यसमा आपत्ति जनाएका हुन्। ‘मैले बोलेको एउटा कुरा हो, तर प्रचार भईदियो अर्काे,’ श्रेष्ठले भने,‘एम्सिसिका विषयमा स्थायी समिति बैठकमा पर्याप्त छलफल भएको छ।

यस विषयमा निर्णय लिने जिम्मा स्थायी समितिले सचिवालयलाई दिएको छ। सचिवालयमा यही एजेण्डामा प्रवेश गरेर हामीले कुनै निर्णय गरेका छैनौं, छलफल गरेका पनि छैनौं । मैले हिजो कुनै पनि कुराको राष्ट्रिय हितमा निर्णय लिनुपर्छ भनेर बोलेको हो। तर त्यसैलाई राष्ट्रिय हितमा कार्यान्वयन गर्नुपर्छ भनेको होइन ।

पत्रकार साथीहरुले लेख्दा अलिक फरक ढंगले प्रस्तुत गर्नुभए जस्तो लाग्यो। यसमा विचार पुर्याईदिनुहोला ।’ श्रेष्ठले एमसिसि स्वीकार गरे अहिले नै अमेरिकी सेना आउँछ भने जसरी प्रचार भईरहेकोमा खण्डन गरे । उनले भने ‘यो विषयलाई बुझने विषयमा दुई थरीबाटै अतिवादी सोच छ। अहिले नै अमेरिकी सेना आउने जसरी अतिवादी कोणबाट कुरा आइरहेको छ, यस्तो होइन, यो नेपालको हितमा छ, छैन हेरिन्छ, नेपालको हितका लागि मात्र निर्णय हुन्छ ।’

उनले सभामूख चयन प्रक्रिया भोलिको संसद बैठकवाट अगाडी बढ्ने पनि बताए । उनले भने, ‘पार्टीमा अब पूर्व एमाले र पूर्व माओवादी भन्ने छैन। अब त्यो पार्टीको इतिहास लेख्दा मात्र हुन्छ। सांगठनिक एकताका क्रममा मात्र अब त्यो हुन्छ , अन्यमा त्यो भागवण्डा भन्ने हुदैन ।’ आफूले यही कार्यकाल रहेको प्रतिनिधीसभामा मात्र उम्मेदवार नबन्ने बताएको तर राष्ट्रिय सभामा जान्न भनेर कही कतै नभनेको पनि श्रेष्ठले बताए।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…