गोकर्ण रिसोर्टको जग्गालाई यतिलेभन्दा ५० करोड बढी म तिर्छु, सरकारले दिन्छ? : कांग्रेस नेता रमेशजंग

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति हाेल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै भाडामा दिन सरकारसमक्ष प्रस्ताव गरेका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैयाँ बढी दिने भन्दै आफूलाई नै भाडामा दिन सरकारलाई चुनौति दिए।

उनले भने ‘सरकारका मन्त्रीज्युहरु उपस्थित हुनुहुन्छ, सम्माननीय अध्यक्षज्यू र माननीयज्यू सबैलाई साक्षी राखेर म भन्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिएको छ त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु। सरकार दिन तयार छ मलाई? छैन, किन दिँदैन भने त्यहाँ ५० करोड भन्दा बढीको अनियमितता भएको छ।’

उनले समय नसकिँदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी गरे। प्रधानमन्त्री केही गिरोहको घेराभित्र मात्रै रमाउने गरेको र उनीहरुकै रिपोर्टिङका आधारमा मुलुकको विश्लेषण गर्ने गरिएको भन्दै उनले आपत्ति जनाए।

सिंहदरबारबाट गर्नुपर्ने कामहरु पनि प्रधानमन्त्रीले बालुवाटारबाट गरेको भन्दै उनले आपत्ति जनाए। ‘प्रधानमन्त्रीको निवास हो बालुवाटार, प्रधानमन्त्रीको कार्यालय होइन बालुवाटार, प्रधानमन्त्री सिंहदरबार आउन छोडिसक्नुभएको छ।

सिंहदरबारको आवश्यता परेन भने सिंहदरबारमा ताला लगाउने हो कि? प्रधानमन्त्री सुत्ने ठाउँमा मिटिङ गर्ने, भेटघाट गर्ने, अब प्रधानमन्त्रीले बाल्यकालमा लगाएका बस्त्रहरु प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राख्ने हो?’ उनले भने।

उनले संविधानले गरेको व्यवस्था विपरित आएका विधेयकहरुलाई राष्ट्रियसभाले अस्वीकार गर्नुपर्ने बताए।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…