गायिका आस्था रावत फरार , खोजीगर्न प्रहरी परिचालन

गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मु द्दाको जाहेरी काठमाडौं प्रहरीमा द र्ता भएको छ।

प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्य वहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्र हरी परिसर काठमाडौंले द र्ता गरेको हो।

गायिका राउतमाथि कार बाही गर्न भनी प्रहरी जवान श्रेष्ठले दिएको जाहेरी दर्तासँगै प्रहरी राउतको खोजीमा जुटेको परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए।

‘उहाँ अहिले फरार हुनुहुन्छ, उहाँको खोजीमा प्रहरी परिचालन भएको छ,’ सुवेदीले भनेको समाचार सेतोपाटीले जनाएको छ ।

प्रहरी कर्मचारीलाई बुधबार दु र्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई नै जाहेरी मानेर प्रहरीले राउतमाथि अ भद्र व्य वहार कसुरको मु द्दा दर्ता गरेको हो।

अभद्र व्य वहार कसुरको मु द्दा प्रमुख जिल्ला अधिकारीले हेर्छन्। यसमा एक वर्षसम्म  कै द र जरिवाना हुने व्यवस्था छ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान श्रेष्ठमाथि दु र्व्यवहार गरेको प्रतिवेदनमाथि अनुसन्धान तथा कारबाही गर्न काठमाडौं परिसरलाई निर्देशन दिइएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको थियो।

उक्त प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन्। मेट्रोले उक्त प्रतिवेदनमाथि का रबाही गर्न परिसर पठाएको थियो।

यस्तै, राउतले सो घटनालाई लिएर बाहिर ल्याएको भिडिओ पनि प्रहरीले संकलन गरेको छ। सो भिडिओका आधारमा राउतलाई सा इबर अपराधसम्मको कसुरमा अनुसन्धान गरिने महानगरीय कार्यालयले जनायो।

‘सो भिडिओमा प्रहरीमाथि जुन किसिमको अपशब्द र संगठनकै मान मर्यादामा चोट पुर्‍याउने किसिमको शब्द उल्लेख छ, त्यसले साइबर अ पराधसम्मको कारबाही आकर्षित गर्छ,’ रानीपोखरीकै एक अधिकृतले भने।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी रामकृपाल साहका अनुसार माघ १ गते राउत भद्रपुर जाने क्रम यो घ टना भएको थियो। कानुनबमोजिम अधिकार प्राप्त सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा राउतले दुर्व्य वहार गरेको देखिएको साहले बताए।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…