एमसीसीले नेपालाई फाइदा गर्छभने चीनलाई हेरेर निर्णय गर्ने होइनः पूर्व प्रधानसेनापति

काठमाडौं। अमेरिकाको महत्वाकांक्षी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन सैन्य परियोजना भएको र यसमार्फत अमेरिकी सेना नेपाल छिरेर चीनलाई प्रभावित पार्ने टिप्पणी सत्तारुढ दलकै शीर्ष नेताहरुबाट भइरहेका बेला पूर्व प्रधानसनापछि गौरव समशेर राणाले भने चीनलाई हेरेर एमसीसीबारे निर्णय गर्न नहुने बताएका छन् ।

उनले सामाजिक संजाल लिंक्ड इनमा लेखेका छन् –‘नेपाल र नेपालीले फाइदा पाउँछन् भने यसमा चीन कसरी र कहाँ समावेश छ भन्ने नहेर्नुहोस् ।’

एमसीसी कार्यान्वयन गर्ने विषयमा भएका अवरोधहरु हटाउन अमेरिकी दूतावासले पहल थालेको विषयमा लेखिएको समाचार शेयर गर्दै पूर्व उपरथी बिनोज बस्न्यातले लिंक्ड इनमा आफ्नो धारणा राखेका थिए ।

यसको जवाफमा पूर्व प्रधानसेनापति राणाले लेखेका छन् – ‘अमेरिकी दूतावासको अत्यन्तै व्यवहारिक प्रतिक्रिया । विकासोन्मुख रास्ट्रले विकास र समृद्धिको लागि गरेको प्रयासमा सहयोग गर्नुलाई रणनैतिक चस्माबाट हेरिनु हुँदैन ।’

नेपाल र नेपालीले फाइदा पाउँछन् भने यसमा चीन कसरी र कहाँ समावेश छ भन्ने नहेर्नुहोस् : पूर्व सेनापति राणा

उनले अगाडि लेखेका छन् ‘नेपाल र नेपालीले फाइदा पाउँछन् भने यसमा चीन कसरी र कहाँ समावेश छ भन्ने नहेर्नुहोस् । इसतो गरिएका नेपालमा चीनले कुनै पहल गर्दा पनि भारतको पक्ष हेरिनुपर्ने हुन्छ ।

रणनीतिक विश्लेषण तर्कसंगत र तार्किक सोचमा आधारित हुनुपर्दछ, काल्पनिक नबन्नुहोस् । नेपालले मुख्यतः हाम्रो अर्थव्यवस्थाको विषयमा केन्द्रित भएर फाइला लिने सक्नेछ ।’

यस विषयमा पूर्व उपरथी बिनोज बस्न्यातले पनि एमसीसी नेपालको गरिबी घटाउन र आर्थिक वृद्धिका लागि सहयोग गर्ने अमेरिकी दृष्टिकोणलाई सम्बोधन गर्ने राजनैतिक अवधारणा भएको बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालले हासिल गर्ने रणनीतिक फाइदाहरू बुझ्नु आवश्यक भएको बताउँदै अन्तर्राष्ट्रिय कूटनीतिमा पर्ने प्रभावलाई प्रासंगिकताको साथ मूल्यांकन गर्नुपर्ने बताएका छन् । उनले भू–राजनीतिले छिमेकीहरुसँग मात्र व्यापार वा सम्झौता नगर्ने बताउँदै अब बदलिँदो पवरिवेशमा यसलाई पुनःसंरचना गर्नुपर्नेमा जोड दिएका छन् ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…