दायाँ बायाँ क्यै हुन्न, एमसीसी जसरी पनि पास हुन्छ : देउवा

दाङ- नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना जसरी पनि पास हुने वताएका छन्। मुलुकको हितका निम्ती प्राप्त यो परियोजनालाई अस्वीकार गर्नु गलत हुने समेत उनले बताए।

आईतबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने ‘एमसीसी पास गर्नका लागि कडा मेहनत गर्ने छु।’

उनले यो परियोजना आफु नेतृत्वको सरकारका पालामा सम्झौता भएको भन्दै यसलाई धेरै राम्रो योजनाका रुपमा अर्थ्याए। आफ्नो पालामा भएको सम्झौतालाई आँफूले जसरी पनि पास गराउनका लागि पहल गर्ने उनको भनाई थियो।

‘यो परियोजनाको प्रकृया मेरो पालामा भएको हो, मेरो पालामा भएको यो परियोजनालाई जसरी पनि पास गराउनु पर्छ,’उनले भने ‘यो बिषयमा अरु दायाँ बायाँ केहि हुँदैन।’

नेपाली कांग्रेसलेनै यो परियोजनालाई पास गराउनका लागि पहल गर्ने आधिकारीक निर्णय नै गरिसकेकाले पनि कांग्रेस परियोजनाको पक्षमा कडा रुपमा उभिएको बताए।

फरक प्रसंगमा देउवाले पार्टीभित्रको बिवादको कारक आँफू नभएको बताए। पार्टीका कसैलाई पनि आँफूले चिढ्याउने काम नगरेको भन्दै देउवाले पार्टी भित्रको विवादको दोषी आँफूलाई देख्न नहुने समेत बताए।

‘म कसैसंग पनि रिसाएको छैन, नत मैले कसैलाई पेलेर जाने काम नै गरेको छु,’उनले भने ‘रिसाउनेहरु किन रिसाएका छन्? उनिहरुलाई सोध्नुस् , म बाट एकलौटी काम केहि पनि भएको छैन।’

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…