महिला प्रहरीको तर्फबाट आस्थालाई पत्र : बहिनी तिमीले मलाई डन्ठेनी भन्दा जमातले तिमीलाई डंंकेनी भन्यो

बैनी, गाह्रो छ- तिमीलाई पनि हामीलाई पनि !

तिमीले मलाई ‘डन्ठिनी’ भन्यौ, हेर त, तिमीलाई ‘डंकिनी’ भन्ने अर्को जमात तयार भइसक्यो ! गाह्रो छ नि बैनी- सबथोक सहन अनि सबथोक झेल्न !

थाहा छ बैनी? तिमी स्टेज चढिरहेको बेला उन्मत्त भिड सम्हाल्ने केही ‘डन्ठिनी’ हरू तिमीसँग फोटो मात्र खिच्न पाए आफ्नो जीवनको एक हिस्सा सफल भएको महसुस गर्छन् !

हाम्रो विभागीय संरचना नै अलि निर्मम छ- हाकिमहरूले आफू भन्दा तल्लालाई तपाई भनेर विरलै बोल्छन् ! अझ हामी महिलाहरूलाई त झनै हेप्छन् ! त्यसको प्रभाव धेरै थोरै ममा पनि होला । आवेगमा त्यो प्रभावको प्रादुर्भाव तिमी माथि पर्न गयो होला !

तर…

तिमी त देशका गीत गाउने, चेलीका गीत गाउने, गुन्यू चोलीका गीत गाउने र मनोरञ्जन जगतकै प्रतिष्ठित कुर्सी सम्हालेको दाबी गर्ने शिक्षित, सभ्य र सहरिया घरानाकी नारी, तिमीले लगातार दश मिनेट आफ्नो ‘आपा’ हराउनु चाहिँ हुँदैनथ्यो बैनी !

सोंच त तिमी र म दुवै छोरी हौँ । दुवै आमा पनि हौँ । आमाले जे सिकायो सन्तानले त्यही सिक्ने हो । हेर त- तिमीले बोलेका शब्दमा तिमीले माफी मागिसक्दा पनि एउटा ठुलो जमातले ‘डन्ठिनी’ लाई ठिकै गर्यौ भनिरहेका छन् ! के सिक्यो जगतले ?

आस्था हरायो भने संसार रहँदैन,सम्बन्ध रहँदैन,संरचना रहँदैन ! र त्यो आस्था पद, पैसा र प्रतिष्ठासँग जोडिनु हुँदैन । आजका प्यूसाहरू भोलि ढाडी हुन्छन् । आजका प्यूपाहरू भोलि पुतली बन्छन् । समय सधैँ एकै व्यक्तिको मुट्ठीमा अडिँदैन बैनी ! अहङ्कारले अँध्यारो तर्फ लैजान्छ !

म अझै पनि तिम्रो पहराको लागि खटिनेछु- भिड तिम्रो पछि लागोस्, सफलताले तिमीलाई पछ्याओस् म सुस्तरी तिम्रो खुसीको कामना गरिरहनेछु । मात्र म प्रतिको दृष्टिकोण तिमीले बदलिदिनू, ताकि तिमी प्रति म फेरि एउटा दरिलो आस्था उमार्न सकूँ ।

उक्त चिठ्ठी लेखक तथा कवि हेमन्त गिरीले लेखेका हुन् । एभरेष्टपाटीमा प्रकासित सामाग्री हामीले साभार गरेका हौं  ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…